नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले कोभिड अगाडि जसरीनै अहिले नेपालमा पर्यटनको आगनमा हुन थालेको बताएका छन्।
‘हामी कोभिड अघिको अवस्थामा लगभग पुगिसकेका छौ’, कार्यकारी अधिकृतले भने, ‘यदि फेरि कोभिडको महामारी नभए हामी चाडै नै पहिलेकै अवस्थामा फर्कनेछौ।’
कार्यक्रममा पर्यटन बोर्ड सञ्चालक समिततिका सदस्यहरू मदन कुमार आचार्य र मिलन देवकोटलाई स्वागत गर्नुका साथै नेपाल पर्यटन बोर्ड क्यानडाका पर्यटन दूत नर बहादुर टण्डनलाई सम्मान गरिएको थियो।
विदेशमा आफ्नै स्रोत र साधन प्रयोग गरेर नेपालका पर्यटन क्षेत्रमा योगदान पुर्याएको भन्दै नेपाल पर्यटन बोर्डले टण्डनलाई सम्मान गरेको हो।
टण्डनले विदेशमा रहेका नेपालीलाई राज्यले गर्नुपर्ने जति प्रयोग नगरेको बताए।
‘हामी जस्ता विदेशमा बस्ने नेपाली मूलका नागरिकलाई राज्यले जति प्रयोग गनुपर्ने हो त्यति गर्न सकेको छैन’, उनले भने, ‘यदि राज्यले अलिकति मात्र हामीजस्ता नेपालीसँग हातेमालो गर्ने हो भने पर्यटनको माध्यमबाट नै देशको आर्थिक समृद्धिमा टेवा पुग्नेछ।’
उनले जो कोही नेपालबाट देशको प्रतिनिधित्व गर्दै विदेश जाँदा दलको भन्दा पनि नेपालको प्रतिनिधित्व गरेमा नेपालका पर्यटन क्षेत्र थप प्रभावकारि हुने उनले बताए।
दाडमा जन्मेर क्यानडामा विगत १८ वर्ष देखि नेपालको पर्यटन प्रवर्धन गर्दै आएका टण्डनले अहिले आफ्नै लगानीमा क्यानडामा गुड्ने सार्वजनिक सवारीमा नेपाल झल्कने तस्विरहरू राखि क्यानडा तथा अमेरीका बिभिन्न शहरमा प्रचार प्रसार गरीरहेका छन्।