भारतीय उद्योगपति मुकेश अम्बानिकी छोरी इशा अम्बानीको विवाह उद्योगपति अजय पिरामिलका छोरा आनन्द पिरामिलसँग हुने तय भएको छ। तर यसैबीच उनकी छोरी इशाको प्रेमी आनन्दलाई हत्याको आरोप लागेको छ।
३२ वर्षीय आनन्द एक भारतीय टेलिभिजनका समाचार प्रमुख रहेको बताइएको छ। उनीहरूको विवाह यही वर्षको डिसेम्बरसम्ममा हुने बताइएको छ। तर, इशाका प्रेमी अानन्दलाई हत्याको आरोपमा प्रहरीमा आरोप–पत्र प्राप्त भएको भारतीय पत्रिका टाइम्स अफ इन्डियाले जनाएको छ। उनलाई मुम्बईको अलिबाग प्रहरी कार्यालयमा एक इन्टेरियर डिजाइनर अन्वय नायक नामक व्यक्तिको हत्या अभियोगमा आरोपत्र दायर भएको जनाइएको छ। अन्वय नायकले अानन्दलाई पाँच करोड ४० लाख रुपैयाँ भारु तिर्न बाँकी रहेको जनाइएको छ।
मृतककी पत्नी अक्षताले उनको आत्महत्या नभई हत्या भएको भन्दै प्रहरीमा किटानी जाहेरी दिएकी छन्। तर, अानन्दले काम गर्ने रिपब्लिक टिभीले भने यी सबै आरोप गलत भएको जनाउँदै आएको छ।