अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफूमाथि लागेको गोप्य सरकारी कागजात हेलचेक्र्याइँको अभियोग अस्वीकार गरेका छन्।
मंगलबार फ्लोरिडाको मियामीस्थित संघीय अदालतमा उपस्थित भएका ट्रम्पले सरकारी गोप्य कागजात व्यवस्थापनमा हेलच्क्र्याइँ गरेका सम्बन्धी ३७ अभियोगको अस्वीकार गरेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ।
ट्रम्पका वकिल टोड ब्लान्चेले उनीमाथि लगाइएको आरोपहरूको अस्वीकार गरेको बताए।
'यसमा हामी निर्दोष छौं, हामीमाथि लगाइएका आरोपको अस्वीकार गर्यौं,' ब्लान्चेले न्युयोर्क टाइम्ससँग भने।
सुनुवाईको समयमा ट्रम्प आफू भने केही बोलेनन्। ट्रम्पका सहयोगी वाल्ट नउटालाई प्रहरीले मंगलबार पक्राउ गरी अदालतमा उपस्थित गराएको थियो। उनीमाथि जुन २७ गतेमात्रै अभियोजन गर्ने तयारी छ।
मंगलबारको सुनुवाईमा न्यायाधीश जोनाथन गुडम्यानले ट्रम्पलाई उनका सहयोगी नउटासँग भेट गर्न प्रतिवन्ध लगाएका छन्।
अदालतमा करिब ४५ मिनेटको बहसमा न्यायाधीश गुडम्यानले अभियोजन पक्षलाई ट्रम्पले भेट्न नमिल्न व्यक्तिहरूको सूची पेस गर्न आदेश दिए।
ट्रम्पमाथि तत्काल यात्रा प्रतिबन्ध भने नलगाइएको सिएनएनले उल्लेख गरेको छ।