चिरन्जीवी थापाले गैर आवासीय नेपाली संघ एनआरएनको केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । जापानमा रेष्टुरेन्ट, होटल, उर्जा, रेमिटयान्स, शिक्षा, वैंक लगायतको व्यवसायमा आवद्ध थापा २००५ देखि नै एनआरएनमा आवद्ध हुँदै आएका छन् ।
व्यक्तिगत होस् या संस्थागत व्यवसायसँगै समाजसेवामा सक्रिय थापाले एक पटकको नेपाली सधै नेपाली, हाम्रो घर हाम्रै दायित्व, पुनर्निर्माण, सम्मानजनक वैदेशिक रोजगारीको समस्या, निराकरण र सृजना, भवन निर्माण, भिजन ट्वान्टी ट्वान्टी, एनआरएन विशेष सहयोग कोष लगायतका एजेण्डा नै आफनो पहिलो प्राथमिकता रहेको थापाले बताए।
एनआरएनए अभियानमा मैले जे–जति गरे त्यसलाई संस्थागत गर्न र विदेशमा रहेका नेपालीको हकहित संरक्षण गर्न सशक्त भएर लाग्ने छु। ' विदेशमा आर्जन गरेको सीप र पूँजीलाई देशमा धेरैभन्दा धेरै भित्र्याउन विशेष पहल गर्नेछु 'थापाले भने ।
थापाले भूकम्प, नाकाबन्दी, बाढीपहिरोले मुलुक समस्याका परेका बेला समेत व्यक्तिगत सहयोग गरेका थिए। एक पटक नेतृत्व गर्ने मौका पाए व्यक्तिभन्दा पनि संस्थालाई अग्रणी भूमिकामा राखेर काम गर्ने प्रतिबद्धता थापाले व्यक्त गरे।
एनआरएनएको विश्व सम्मेलन १४-१७ अक्टोबरमा काठमाडौंमा हुँदैछ । विश्वका ५७ वटा मुलुकमा संघको विस्तार भइसकेको छ ।