सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम आश्भी श्रेष्ठ हो। म चार वर्षकी भएँ। हेल्लो किड्ज प्रिस्कुल, गोकर्नेश्वोर, जोरपाटी-५ मा कक्षा नर्सरीमा पढ्छु। मलाई चित्र बनाउन औधी मनपर्छ। यसमा पनि पान आकार बनाउन एकदमै मजा लाग्छ। मैले बनाएका सबै चित्रहरूमा पान आकार कोरेकै हुन्छु।
यो लकडाउनमा मैले केही चित्रहरू कोरेकी छु। यी सबै चित्रको शिर्षक 'हार्ट क्विन' हो। मेरो आमाबुबाले मैले चित्र बनाउँदाको भिडिओ खिच्नुभएको छ। हेर्नु है। अनि मैले बनाएका चित्रहरू पनि हेर्नु ल।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)