सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविताः
आज तिमी कोपिला
भोलि फुल्नु पर्छ
ज्ञानी भई ज्ञानको झोला
तिमीले बुन्नुपर्छ।
बाबुआमाको सपनालाई
तिमीले भुल्नु हुन्न
सभ्य बन्नु, भव्य हुनु,
घमण्डी चाहिँ नहुनु
नाम राख्न तिमीले नै
राम्रै काम गर्नुपर्छ
कुलतमा फस्नु हुन्न,
यसले हानी गर्छ।
सफासुग्घर बनिकन
स्कुल सधैं जानुपर्छ
जथाभावी खानु हुन्न
घरकै खाजा खानुपर्छ।
कर्मका बिउ रोपेर
शिक्षादीक्षा दिलाउँछ्न्
समाजभित्रका सारा
काम कार्य मिलाउँछन्।
सन्ततिहरू निम्ति परोस् जे
काँध थापिकन
सन्तानको सुख निम्ति
दिन रात खटिकन।
कुबाटो लाग्छ कि भन्दै
मान्छन् पहिले डर
प्रेम गर्ने आमाबुवा हुन्
धन्यवाद छ ईश्वर।
(सुनिल लामा दीपमाला स्कुल,थेचो काठमाडाैंमा कक्षा ७ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)