सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविताः
कोरोना भाइरस फैलिएको छ विश्वभरि
यसबाट सचेत रहौं हामी सबै
कोरोना भाइरस भएको मानिससँग टाढै बसौं
ख्याल नगरे यसले लान्छ ज्यान हामी सबैको।
यसबाट सचेत रहाैं हामी सबै
हात धौ मिचिमिची हरेक घन्टा घन्टामा
माछा, मासु सबै रामोसँग पकाएर खाऔं
यो माहामारीबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊँ।
हात धोऔं बेलाबेलामा साबुनपानीले
ख्याल गरौं है नभए लैजाला यही महामारीले
मास्क र स्यानिटाइजरको प्रयोग गरौं
हामी सबै सचेत भई यस देशलाई सहयोग गराैं।
किताब पढी, खेल खेली घरमै बसाैं
सबैजना मिलिजुली घरमै बसाैं
संक्रमणको लक्षण देखा परे जाच गरौं
अहिले सबैजना होम क्वारेन्टाइनमा बसौं।
भिडभाड ठाउँबाट टाढा बसौं
घरबाहिर जानु परे मास्कको प्रयोग गरौं
कोरोना भाइरस अहिले फैलिएको छ विश्वभरी
त्रास पनि बढेको छ हामो मनभरि।
(प्रलेश शर्मा राराहिल मेमोरियल स्कुल, कीर्तिपुरमा कक्षा ७ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)