सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
नमस्कार!
मेरो नाम प्रशंसा भण्डारी हो। म टेन्डर फिट बोर्डिङ स्कुलमा पढ्छु। म सात वर्षकी भएँ। घरमा हजुरबुबा, हजुरामा, बाबा, मामु, काकाकाकी, भाइबहिनी हुनुहुन्छ। म सुन्दर हरैंचा ५, मोरङमा बस्छु।
अहिले म कक्षा दुईको परीक्षा दिएर घरमा बसिरहेकी छु। कोरोनाले गर्दा संसारभर चिन्ता छ। हाम्रो देशमा पनि लकडाउन भएकाे एक महिना बढी भयो। म आजभोलि खाली समयमा कहिले भाइबहिनीसँग खेलेर बिताउँछु। कहिले मामुको मोबाइलमा गेम खेलेर र युट्युब हेरेर बिताउँछु।
मेरो घरमा हजुरबुबा र हजुरआमा हुनु भएकाले मलाई दिन बिताउन धेरै सजिलो भएको छ। मेरो हजुरबुबाले मलाई नेपाली लेख्न सिकाउनु हुन्छ किनभने उहाँ नेपाली पढाउने शिक्षक हुनुहुन्थ्यो। अहिले रिटायर भएर घरमै बस्नुभएको छ। लकडाउनले गर्दा सबै जना घरमै भेला हुनुभएको छ। नत्र कहाँ यसरी घरभरि मान्छे भइन्थ्यो त। कोही अफिस जाने, कोही कलेज पढाउन जाने, कोही पसल जाने। घरमा त मामु र आमा मात्रै। मलाई त रमाइलो पो भएको छ आजभोलि।
मलाई चित्र बनाउन, लुडो खेल्न, नाच्न अनि टिकटक बनाउन धेरै मन पर्छ। मामु कै आइडीबाट मैले धेरै टिकटक बनाइसकेकी छु। मिडास इ क्लासबाट पढ्न पनि थालेकी छु। त्यहाँबाट धेरै सिक्न पाइँदो रहेछ। बाबाको ल्यापटपमा टाइप गर्न पनि सिक्दैछु। अंग्रेजी त सजिलै हुँदो रहेछ, नेपाली अलि गार्हो लाग्यो।
स्कुल जान नपाउँदा साथीहरू र म्यामहरूको याद आउँदो रहेछ। मलाई आशा छ अब छिट्टै सबै कुरा ठिक हुनेछ। त्यसको लागि हामी सबैजना घरमै बस्ने अनि घरबाट बाहिर नजाने, बेलाबेला साबुनपानीले हात धुने गर्नुपर्छ।
मलाई त हजुरबुवा, हजुरआमासँग खेल्न रमाइलो लाग्छ। उहाँहरूले मलाई धेरै कुरा सिकाउनु हुन्छ। राम्रो काम गर्न सिकाउनु हुन्छ। मामु, काकी, आमासँग भजन कीर्तनमा नाच्न मजा लाग्छ। आजभोलि मामुलाई पनि सकेको काम सघाउँछु।
मेरो दिन त रमाइलो गरी बितिरहेको छ।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)