सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविताः
विश्व नै चकमन्न बनाइदियो
त्यो सानो भाइरसले
आँखाले नदेखिने तर त्रास सबैतिर छायो
अनि जगत नै हल्लायो
सोच्दै घरको छतमा गएर नियाल्दा
चराहरू निष्फिक्री उडिरहेका
न त छन् कुनै बाधा व्यवधान
न त हवाइजहाज नै उडेका छन्
सुनसान वातावरण, निला आकाश
न धुलो न धुँवा
डाँडापारि टम्म मिलेका सेता हिमालहरू
छन् सुन्दर प्रकृतिमा रमाउनेहरू
आफू विश्व भ्रमणमा निस्केर सर्वश्रेष्ठ प्राणीलाई घरमै थन्क्याउन सफल यो कोरोना
थाहा छैन अझै कतिलाई दिने हो प्रताडना
दुई लाखको जीवन त लिई नै सक्यो अरू लिने तयारीमा
थाहा छैन अझै कति छन् पर्खाइमा
हामीमध्ये नै हौं प्रकृतिमाथि विजय गर्दै सगरमाथा चुम्ने
हामी नै हौ चन्द्रमामा पाइला टेक्ने
मंगल ग्रहमा समेत बस्ती बसाउन खोज्ने हाम्रो कत्रो आँट
खै त आँखाले देख्न नसक्ने भाइरस मास्ने औषधिको छाँटकाँट
गोलाबारूद र मिसाइल बोकेर शक्तिशाली कहलिएकाहरू
तिनै पनि देखिएका छन् महामारीको भुंग्रोमा परेका
विश्वमा छ होडवाजी नेतृत्वको
आँखाले नदेख्ने भाइरस निर्मूल गर्न खै अगाडि बढेको?
न राजा, न जनता, न धनी, न गरिबलाई नै छाड्यो
मै हुँ भन्नेलाई पनि पछार्यो
आखिर कोरोनाले हाम्रो हैसियत देखाएरै छाड्यो
हामीलाई भित्र राखेर आफू भने निष्फिक्री उडिरह्यो
भैपरी आउने महामारी
खै हामी अगावै सजग भएको
आफूलाई जगतकै सर्वश्रेष्ठ ठान्ने मानवजाति
आज किन जाबाे भाइरससँग हारेको।
(केनिशा अधिकारी सेन्ट जेभिर्यस, जावलाखेलमा कक्षा ७ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)