सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता
के आइलाग्यो यो कोरोना भन्ने रोग विश्वभरमा
सायद अनेकमध्ये एक कारण होला सर्वनाशको नाममा
मानिसहरूनै काफी थिए शत्रु एकअर्काको
फेरि एउटा नयाँ शत्रु उत्पन्न भयो मानवताको
मानिसले धर्तिमा उत्पात मच्चाई गरे प्रकृतिलाई हेला
अहिले प्रकृतिले नै पाठ सिकायो अनि उसैले सजाय देला
एकछिन त विश्वनै रोकियो जस्तै लाग्छ
यो कोरोनाले त लाखौंको प्राण माग्छ
हरेक दिन म समयको भार बोकिरहन्छु
र यो यस्तो सबै किन भयो भनेर सोची रहन्छु
कहिल्यै नलागेको अल्छी लाग्छ आजकल
के गरौ कसो गरौं भनी सोच्छु हरपल
लक डाउन गर्दा संसारमा सबैलाई गार्हो पार्यो
यसले हाम्रो देशमा पनि उथलपुथल ल्यायो
कैयौं अलपत्र परे आफ्नै घर जान नपाएर
हजारौं भोक भोकै होलान् गरी खान काम नभएर
यो आपत दिनदिनै लम्बिँदै गइरहेको छ
त्यति नै देशमा मानिसहरूको मन आत्तिरहेको छ
बच्न सकेनन् कोही, बुढा न जवान
किन यस्तो निर्दयी हुनुभयो ईश्वर,अल्लाह र भगवान
दुनियाँको हरेक कुना छोडेन, छोडेन एउटा पनि सहर
महामारी बनेर बर्साउँदै छ कोरोनाले आफ्नो कहर
कयौं मरे र कति स्वस्थ पनि भए
थुप्रै डराए त धेरैले भाग्य सम्झेर सहे
रोग लागे उपचार गर्न छन डाक्टर र नर्सहरू
रोग लाग्नै नदिन परिवारसँग घरमै बसौं बरू
एकदिन यी सबै कुराहरू फेरि ठीक हुनेछ।
स्कुलहरु खुल्ने छन्, बाटोहरू भरिनेछन्
मानिसहरू फेरि व्यस्त हुनेछन्
र सबै नमिठा याद हराउनेछन्।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)