सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कोरोना भाइरससँग अहिले पूरै विश्व लडिरहेका बेला नेपाल पनि लडिरहेको छ। नेपालमा अहिलेसम्ममा पचास जनाभन्दा बढीलाई कोरोना लागिसकेको छ। पहिले पहिले पाहुना आउँदा 'अतिथि देवो भव' भनेर सम्मान गरिने देशमा अहिले पाहुना आउँदा 'अतिथि क्वारेन्टाइन गृह' मा राखिने गरिएको छ।
कोरोना रोगले हामीलाई धेरै कुरा सिकाएको छ। बाहिर गएपछि हात मुख धुनुपर्छ। सबै सधैं सफा भएर बस्नुपर्छ। बाहिर जाँदाखेरि मास्क लगाउनुपर्छ। बाटोघाटो सफा गर्नुपर्छ। भिड धेरै बनाउनु हुँदैन। प्रकृति धेरै फोहोर बनाउनु हुँदैन।
कोरोनाले अर्को हामीलाई के सिकाएको छ भने गाउँमा सबै सुविधा नभए पनि हामी सहर नजाने, विदेश नजाने, आफ्नै गाउँ-ठाउँमा मिहेनत गरी बस्नुपर्छ किनकि जति सहर बसे पनि दुःख परेका बेला आफ्नै गाउँमा आउनुपर्छ।
यसले हामीलाई अर्को पनि के सिकाएको छ कि हामीले जनावरको हिंसा पनि गर्नु हुँदैन। यो भाइरस पनि जनावरबाटै आएको भनिएको छ। मानिसको साथी मानिस मात्र नभएर सबै हो र अर्को कुरा के भने हामी केहीसँग न नजिक रहनुहुन्छ न टाढा रहनुपर्छ।
कोरोनाले लकडाउन भएर मान्छेले काम नपाएका कारणले गर्दा धरै जसको घर कोठा चम्किएका छन्। हावा प्रदूषण, पानी प्रदूषण, ध्वनि प्रदूषण भएको छैन। कोरोना भाइरसका कारण पूरै विश्व सफा भएको छ।
सबैजना आ-आफ्नो घरमा होम क्वारेन्टाइामा छन् भने कोही आ-आफ्ने खेतबारिमा सामाजिक दुरी कायम गरेर बसेका छन्। कोरोना रोगले जति मान्छे मारे पनि त्यसले हामीलाई धेरै पाठ सिकाएको छ।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)