सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कोरोना भाइसरले गर्दा अहिले लकडाउन भएको छ। समाचारमा लकडाउनले नराम्रो गरेको भन्ने सुनेकी छु। मलाई त स्कुल जान पनि नपर्ने, जति पनि खेल्न पाइने लकडाउन नै मन परेको छ।
आमाबाबा पनि हतार गरेर अफिस जान पर्दैन। सबै घरै बस्न पाइन्छ। घरमै खेल्ने बस्ने गर्न पाएपछि कसलाई रमाइलो नलाग्ला र?
बिहानै स्कुल गएर साँझ मात्र घर फर्कने बानी थियो। अहिले भने बिहान १० बजे अनलाइन कक्षा हुन्छ। आधा घण्टा खेलेपछि फेरि १ बजे अर्को कक्षा हुन्छ। अनि त पूरै 'फ्री'। दादाको भने बिहान ८ बजेबाट १२ बजेसम्म अनलाइन कक्षा हुन्छ।
दिनभर खेल्ने, टिभी हेर्ने मौका पाउँदा पनि ठूला मान्छेहरू लकडाउन राम्रो होइन भन्छन्। मलाई कोरोना मात्र नराम्रो लागेको हो। यसले धेरै मान्छे मारेको भएर। तर लामो बिदा भएको त निकै मन परेको छ।
अरू स्कुल पनि बन्द भएकाले खेल्ने साथीहरू पनि बढेका छन्। दादासँग पनि धेरै खेल्न पाइन्छ। सबैको छुट्टी भएपछि त बरू घुम्न नगए पनि के भयो र। रमाइलो त भइहाल्छ नि। अनलाइनमा पढे पनि त हुने रहेछ। मलाई त एक वर्षभरि अनलाइनमा नै पढ्न पाए हुन्थ्यो जस्तो लाग्छ।
सबै जना घर बस्न पाए त सबैजना सधै खुसी हुन्थेँ होला। लकडाउन भइरहे त हामी घरै बस्न र खुसी हुन पाउँछौ नि। यसैले अरूलाई मन नपरे पनि मलाई त लकडाउन नै मन परेको छ।
(प्राज्ञी भुसाल शुभतारा स्कुल, लामाटार, ललितपुरमा कक्षा ३ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)