सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
यसपालि पानी परिरहेकाले फागुनको अन्तिमसम्म धेरै चिसो थियो। फागुनमै हाम्रो कक्षा २ को अन्तिम परीक्षा सकियो। परीक्षा सकिएपछि वैशाखसम्म अर्को कक्षा सुरू नभइन्जेल फुर्सद हुन्छ। यही बेला नयाँ वर्ष पनि पर्छ।
यसपालिको नयाँ वर्षमा बाबाको पनि बिदा मिलाएर काठमाडाैं बाहिर कतै घुम्न जाने योजना थियो। हाम्रो विद्यालय बिदा हुने बित्तिकै संसारभर कोरोना भाइरस फैलिएकाले कतै जान पाइएन।
सबैजना घरमै बसिरहँदा सुरूसुरूमा त रमाइलो लाग्यो। घरबाहिर निस्कन नपाएपछि अलि पछि भने दिक्दार लाग्न थाल्यो। हामी सबैजना सेल्सबेरीमा गएर पिज्जा, मिल्क सेक, ममः, आइसक्रिम खाने र भाइ र मलाई खेलौना किन्ने गर्थ्यौं। कोरोना आएपछि जान पाएको छैन।
मामुले घरमै विभिन्न प्रकारका खानेकुरा बनाएर खुवाउनु हुन्छ। बिदाको समयमा कहिलेकाहीँ हामी सबैजना फिल्म हेर्न हल जाने गर्थ्याैं। यसपालि लकडाउले गर्दा फिल्म हेर्न जान पाइएन। घरमै युट्युबमा हामीलाई मन पर्ने फिल्म हेर्छौं। हलमा गएर पपकर्न खाँदै फिल्म हेर्दा धेरै मज्जा आउँथ्याे।
म आठ वर्षको भएँ। मेरो एउटा पाँच वर्षको भाइ छ। ऊ अर्कै विद्यालयमा पढ्छ। स्कुल लागेका बेला म बिहान सढे सात बजे नै जानुपर्छ। त्यति बेला भाइ उठेकै हुँदैन। बेलुका स्कुलबाट अएपछि खाजा खाएर गृहकार्य गर्नुपर्छ। खेल्ने समय नै हुँदैनथ्याे। शनिबार मात्र केही समय भाइसँग खेल्न पाइन्थ्यो। अहिले त दिनभरि हामी सँगै खेल्न पाएका छौं। दुईजना सँगै खेल्न पाएपछि दिग्दार पनि लाग्दैन। रमाइलो हुन्छ।
पहिले त लकडाउनले अब विद्यालय जानु पर्दैन, बिहान छिटो उठ्नु पनि पर्दैन, गृहकार्य पनि गर्नु पर्दैन भनेर खुसी लागेको थियो। अब त विद्यालय जान मन लागिसक्यो। अहिले त बिहान साढे आठ बजेसम्म सुत्ने बानी परेको छ। विद्यालय जान थालेपछि साढे छ बजे नै उठ्नुपर्छ। कसरी उठ्ने होला पिर लाग्न थालेको छ। कहिलेदेखि विद्यालय खुल्छ थाहा छैन।
परीक्षा सकिने बित्तिकै लकडाउन सुरू भयो। रिजल्ट लिन लान पनि पाइएन। ३ कक्षाको किताब पनि किन्न पाएको छैन। लकडाउनमा बाहिर जानु हुँदैन रे। बाहिर गयो भने धेरैजना मानिससँग भीडभाडमा जाँदा हात मिलाउँदा कोरोना भएको मानिसले छोएको ठाउँमा छुँदा हामीलाई पनि कोरोना भाइरस सर्छ। घरमा एक जनालाई सरेर आयो भने घरका अरू सबैलाई यो रोग सर्छ। त्यसैले हामी कोही पनि घर बाहिर जाँदैनौं।
बाबा मात्र सामान किन्न कहिलेकाहीँ बाहिर जानुहुन्छ। बाहिर जाँदा मास्क, पन्जा लगाएर जानुहुन्छ। सामान लिएर आएपछि सामान राखेका सबै प्लास्टिक झिकेर डस्टबिनमा फाल्नुहुन्छ। आफूले लगाएको लुगा फेरेर साबुनपानीले हात गोडा मुख धोएर मात्र भित्र आउनुहुन्छ।
हामी घरमा बस्दा पनि दिनमा धेरै पटक हात धुन्छौं। शौचालय गएर ढोका चुकुल छोएपछि साबुनपानीले राम्ररी हात धुन्छौं। दिनमा धेरै पटक राम्ररी हात धोइराख्यो भने कोरोना भाइरसको किटाणु हाम्रो हातमा टाँसिएर बस्न पाउँदैन र हामीलाई सर्दैन।
अस्तिबाट हाम्रो विद्यालयले अनलाइन कक्षा सुरू गरेको छ। सबै विषयको पढ्ने सामग्री र गृहकार्यका लागि प्रश्नहरू विद्यालयको एप्समा दिएको हुन्छ। त्यसलाई डाउनलोड गरेर पढ्ने अनि गृहकार्य गरी त्यही एप्समा अपलोड गर्न मिल्छ। त्यसपछि सर म्याडमले त्यहीँ चेक गर्नुहुन्छ।
मलाई यसरी अनलाइनबाट पढ्न र गृहकार्य गर्न बाबाले सहयोग गर्नुहुन्छ। आफूले सिक्नुपर्ने कुरा गुगलमा खोजेर पढ्न सिकाउनु हुन्छ। कतिपय होमवर्क प्रिन्ट गरेर गर्नुपर्छ। हाम्रो घरमा प्रिन्टरको मसी सकिएको छ। फेर्न जान सबैतिर बन्द छ।
सबैको घरमा इन्टरनेट, प्रिन्टर, ल्यापटप नहुन पनि सक्छ। हामी जस्ता साना कक्षाका विद्यार्थीलाई यी सबै आफैंले चलाउन पनि आउँदैन। कोही साथीका बाबामामुले पनि सहयोग गर्न सक्नुभएन भने उहाँहरूलाई पढ्न गाह्रो हुन्छ।
यसरी लकडाउनमा विद्यालय बन्द भएर घर बसेको बेला आफूलाई मन लागेका राम्रा काम गर्नुपर्छ। मलाई चित्र बनाउन मन पर्छ। पोहोर बिदाको समयमा चित्र बनाउन सिकेको थिएँ। यसपालि पनि सिक्न जाने योजना थियो। सिक्न जान नपाए पनि घरमै बस्दा मैले मन लागेका धेरै चित्र बनाएँ।
मलाई मानिसको चित्र बनाउन मन पर्छ। त्यस्तै जनावर, रोबाेर्ट र कार्टुनभित्र बनाउन आउँछ। म युट्युब हेरेर चित्र बनाउन सिक्छु। मलाई चित्र बनाउन बाबाले आइडिया सिकाउनु हुन्छ। मैले बनाएका राम्रा चित्र फेसबुकमा राखेर सेयर गरिदिनुहुन्छ। मेरो चित्रमा धेरै जनाले राम्रो छ भनेर प्रशंसा गर्दा मलाई खुसी लाग्छ र अझ राम्रो बनाउन मन लाग्छ।
यस्तो बेलामा घरमा नभएको चिज चाहियो वा बाहिर जानुपर्यो भनेर मामुबाबालाई सताउनु हुँदैन। घरमा भएका ठूला दादादिदीले साना भाइबहिनीलाई सिकाउनु पर्छ। अब छिट्टै लकडाउन सकिन्छ र विद्यालय खुल्छ होला। लकडाउन सकिएपछि सबभन्दा पहिला सेल्सबेरी गएर खेल्ने अनि पिज्जा र आइसक्रिम खाने मन छ।
(गीर्वाण बाँस्कोटा सेन्ट जेभियर्स स्कूल, गोदावरी ललितपुरमा, कक्षा ३ मा अध्ययनरत छन् )
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)