सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
नमस्ते, मेरो नाम अमर बस्नेत। म वर्जिवा नाइस एकेडमीमा कक्षा २ मा पढ्छु। मेरो घर प्यूठान वर्जिवामा पर्छ। म अघिल्लो वर्षसम्म मावल मै बसेर पढ्थेँ। परीक्षा सकिएसँगै मावल जाने मन लागेको थियो तर जान पाइनँ।
अहिले परीक्षापछिको बिदाको समय घरमै बहिनी र परिवारसँग खेलेर बिताइरहेको छु। म सानैबाट मावल बस्थे। मावल जान नपाउँदा कहिले जान पाउने होला भनेर आमालाई सोधिरहन्छु।
'नेपाल बन्द छ, मान्छेहरू खासै बाहिर आउँदैनन्,' आमाले भन्नु हुन्छ। लकडाउनको पालना हामी सबैले गर्नुपर्छ रे। बुवाले पनि विदेशबाट फोन गरेर घरबाहिर साथीसँग खेल्न नजानू भन्नु भएको छ।
म अहिले घरमा बसिरहेको छु। अहिले मलाई स्कुलका ती साथीहरूसँग स्कुल जान मन लागेको छ। हजुरआमा हजुरबुवाले फोन गरिरहनुहुन्छ। बन्द खुल्यो भने मावल आइज भन्नुभएको छ।
आमाले बाहिर जान भन्दा पढ् भन्नुहुन्छ। मैले भने चित्र बनाउन सिक्दैछु। बहिनीलाई पढ्न सिकाउँछु। रिजल्ट आएको छैन। २ कक्षाको किताब पढ्न मन लाग्दैन। म पक्कै पास हुन्छु होला। अब बन्द खुलेपछि तीन कक्षाको किताब पढ्न सुरू गर्छु।
मैले स्कुलको फूल, भगवानको चित्र बनाउन सिक्दैछु। सबैलाई सम्झन्छु। यो महामारी छिट्टै हराउनेछ र साथीहरूसँग भेट्न र रमाउन पाइनेछ भन्ने छ। सबै साथीहरू बन्दमा घरभित्र केही न केही गर्न सिक्नुहोला।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)