सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
नमस्ते। मेरो नाम प्रनिश के.सी। म अहिले ७ वर्षको भएँ। घर सल्यान जिल्ला, बागचौर नगरपालिकामा बजारमै पर्छ। म अहिले कक्षा २ मा तुल्सी मोर्डन स्कुल श्रीनगर सल्यानमा पढ्छु। बाबा र हजुरबुवा स्वास्थ्यकर्मी हुनुहुन्छ। ममी शिक्षक।
म यसरी एक महिना लामो समय सबैसँग घरमा बस्न पाएकाले खुसी छु। मलाई हजुरआमाले घरमा भएका पुराना सामानहरूको बारेमा भन्नुहुन्छ। हजुरआमाले जाँतोमा मकै, दाल पिसेको मलाई खुब हेर्न मन पर्छ। मैले कोरोनाभाइरस रोगबाट कसरी बच्न सकिन्छ भन्ने भिडिओहरू बनाएर बाबाको फेसबुकमा राखेको छु। सबैले मन पराइदिनुभएको छ। सेयर पनि गरिदिनुभएको छ।
मलाई नयाँनयाँ कुराहरू सिक्न मन पर्छ। अहिले लकडाउनको बेला घरमा मादल बजाउन सिक्दैछु। हजुरआमालाई तरकारी बारीमा पानी चार्ने सहयोग गर्छु। कपडाहरू पट्याउछु, भाडा माझ्छु। युट्युबमा नेपाली कथाहरू हेर्छु। हामीजस्तै बालबालिकाहरूको लागि कोरोना भाइरस रोग नलागोस् भनेर सन्देश दिने भिडिओहरू बनाउँछु। हरेक दिन एक पेज नेपाली र अंग्रेजी पनि लेख्छु। राती हजुरआमा सँगै सुत्छु। मलाई हजुरआमाले राम्रा कथाहरू भन्नुहुन्छ। मलाई सुनिरहन मन लाग्छ।
मेराे सानो भाइ छ। भाइसँग खेल्छु। भाइलाई सम्हाल्छु। चित्रहरू बनाएर देखाउँछु। मेरो चित्र हेरेर भाइ हाँस्छ र मलाई एकदम मन पर्छ। भाइलाई ममीले नुहाँइदिँदा म पानी हालिदिन्छु। मैले पानी हाल्दा भाइ हासिँरहन्छ। हजुरबुवाको ल्यापटपमा म पेन्टिङ गर्छु। नेपाली अंग्रजी अक्षरहरू टाइप सिक्छु। मलाई क्यामराबाट फोटो खिच्न असाध्यै मन पर्छ। चराचुरूंगीहरूको, आकाशको, डाँडाकाडाको, घरको, घरमा भएका सबै सामानहरूको फोटो खिच्न मन पर्छ।
मैले लकडाउनका बेला घरमा अरू पनि घेरै कुराहरू सिके। जस्तैः सियोमा धागो हाल्न, कुकर प्रेसरको ढक्कन लगाउन, ढोकामा ताल्चा खोल्न र बन्द गर्न। बट्टाहरू खोल्न र बन्द गर्न। ल्यापटप खोल्न र बन्द गर्न। आफ्नो साना लुगाहरू मोजा, टोपी, गन्जी, प्यान्टि धुन। उसिनेको आलु र अण्डाको बोक्रा फाल्न। म केही नयाँ कुरा देखे भने बाबाममी हजुरबुवा हजुरआमालाई सोध्छु। मलाई स्कुलमा भन्दा घरमा बस धेरै सिकिने रहेछ भन्ने लाग्यो। अहिले स्कुल बिदा भएर घरमा बसेर धेरै कुराहरू सिकें।
तपाईंहरू पनि यो लकडाउन बेलामा घरमा बसेर यस्ता कुराहरू सिक्न सक्नुहुन्छ। कक्षा एकमा पढदा स्कुलमा सर म्यामहरूले यस्तो कुरा हामीलाई कहिल्यै सिकाउनुभएन। स्कुलमा सर म्यामहरूले पनि यस्तै कुराहरू सिकाउनुभयो भने त म खुसी हुन्थेँ।
स्कुल जान र पढ्न पाइएन भनेर चिन्ता नगर्नुहोला। हाम्रो घर र वरिपरिको वातावरण स्कुलको पनि स्कुल हो। त्यसैले तपाईंहरू आफैं सिक्न सक्नुहुन्छ।
कोरोनाभाइरस रोगबाट बच्नको लागि लकडाउनको सबैले पालना गर्नुपर्छ। घरबाट बाहिर निस्कन हुन्न। साबुनपानीले मिचिमिची हात धुनुपर्छ। सबैसँग एक मिटर टाढै बस्नुपर्छ। खोक्दा वा हाछ्युँ गर्दा रूमालले नाकमुख छोप्नुपर्छ। उमालेको पानी मात्रै पिउनुपर्छ। धेरै गुलियो खानेकुराहरू खानुहुँदैन।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)