सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविताः
भयो बाबा मलाई चक्लेट खानु छैन
आमा मलाई घुम्न कतै बाहिर जानु छैन
सरकारको नियम मान्नु कर्तव्य हो हाम्रो
लकडाउनमा सुरक्षित घरमै बस्नु राम्रो।
सकेसम्म हामी अहिले सफा हुनुपर्छ
साबुनपानी लिई हात मुख धुनुपर्छ
भिड्भाडमा जानै हुन्न रोग सर्न सक्छ
हामी सबै सचेत रहे रोग टर्न सक्छ।
अब चाँडै कोभिड जान्छ अनि स्कुल लाग्छ
नयाँ कक्षा पढ्न जाने दिन चाँडै आउँछ
चाँडै हामी स्कुल जाने अनि पढ्ने लेख्ने
बाहिर खेल्ने रमाउने साथीहरू भेट्ने।
(आयुशा घिमिरे लिभरपुल माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)