सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
सुन सुन साथी हो म केही भन्छु
साथी र भाइको सबै कहन्छु
साना साना हात मेरा सानै कुरा लेख्लान्
साना साना आँखा मेरा सानै कुरा देख्लान्
धेरै जना साथी हुन्छन् साँच्चै साथी थोरै
कुरा मिल्ने धेरै होलान् मन मिल्ने थोरै
एउटालाई चोट पर्दा अर्को दुख्नु पर्छ
साथीलाई मर्का पर्दा सबै जुट्नु पर्छ
आयो भने समस्या सबै जुटौं साथी
हटाएर समस्या खुसी बनौं साथी
एउटा हातले बज्दैन कहिले पनि ताली
मिलिजुली बजाऔं दुवै हातले ताली
ठूलालाई आदर गरौं सानालाई माया
सुखदुःख जिन्दगीको जस्तै घाम छाया
संकटमा मद्दत गरौं उन्नतिमा खुसी
रचनामा दंग परौं सिर्जनामा सुखी
लेखेँ मैले कविता गाएँ मैले गीत
हामी सबै मिली गरौं एक अर्काको हित।
(सुरूभि भट्टराई मातृभूमि स्कूल, लोकन्थली, भक्तपुरमा कक्षा ५ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)