सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविताः
कसलाई के को चिन्ता
देशमा के हुँदैछ?
कानुन कसलाई हो सरकार?
जनता निरीह बनेको छ।
बिस्टाउनेलाई भन्दा देख्नेलाई लाज यहाँ
इमान जमान सबै सडिसक्यो
राजनीति लाजनीति बनिसक्यो।
नागरिकता मात्र रहेनछ राष्ट्रियता,
अब सेवा रहेन राजनीति
अस्वस्थ व्यापार बन्न थाल्यो राजनीति
खै, इमान जमान इतिहासमै खोज्न पर्ने हो कि
पैसा नै सबैथोक भएपछि
मानवता, सेवा भन्ने कुरा
हराउँदा रहेछन्
घाममा असिना बिलाए जसरी
कसलाई केको चिन्ता
देशमा के हुँदैछ?
कानुन कसलाई हो सरकार?
(विपिन तिमिल्सिना बुढानिलकण्ठ स्कुल, नारायणस्थान काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)