सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
जताततै कोरोना भाइरस कै कुरा छ। टेलिभिजन, रेडियो, अनलाइन, पत्रपत्रिका सबैतिर कोरोना भाइरस कै खबर छ।
कसैलाई फोन गरे रिङ टोनमा पनि त्यही कुरा सुन्न पाइन्छ। संक्रमण नफैलियोस् भनेर सरकारले लकडाउन गरेको छ। तर के त्यो प्रभावकारी छ त?
चीनको वुहानबाट उत्पन्न भएको रे भन्छन् कोरोना भाइरस। वुहानमा एक पटक १२ हप्ताको लकडाउन गरेर सबै सञ्चो भएपछि खोलेका थिए। फेरि कति जनालाई भयो रे भनेर फेरि लकडाउन छ। वुहानका १ करोड १० लाख मान्छेको परीक्षण गर्ने रे।
हाम्रोमा एकाउन्न दिन भयो लकडाउन भएको। न कोही परीक्षण गर्न आए न केही भयो। मान्छेहरूलाई घर बस भन्ने आदेश दिएर मात्रै कसरी संक्रमण नियन्त्रण हुन्छ? यो त झन् झन् दिनदिनै बढिरहेको छ नि। हैन त?
यो लकडाउन नामको मात्र लकडाउन हो। सरकारले के हरेको छ? संक्रमण बढेको छ तर अझै पोखरामा मान्छे खुलेआम हिँडेका छन्। प्रहरीहरू चोकचोकमा तैनाथ छन् तर मान्छेहरू गल्लीमा हिँडिरहेछन्। यस्तो भइरह्यो भने यहाँको हालत अमेरिकाको जस्तै हुन्छ। सिटामोल खान नपाएर मान्छे मर्ने यो देशमा कोरोना सङ्क्रमण बढ्दै गए के हुन्छ? यही सोच्दा म ठण्डा बरफजस्तै हुन्छु।
जब मालबाहक गाडी जान्छन् र आउँछन् चालकले कोरोना भाइरस बोकेका हुन सक्छन्। यस्तो नाम मात्रको लकडाउन सुतेर खानेलाई मात्र मोज भएको छ। कमाऊ र खाऊ गर्ने मान्छेलाई होइन। सिमाना बन्द गरे पनि मान्छेहरू जंगलको बाटो हुँदै लुकिछिपी आएका छन्। जसले अझै त्रास बढाएको छ।
साँच्चैको प्रभावकारी लकडाउन गर्ने र परीक्षणको दायरा नबढाउने हो भने यस्तो लकडाउनको तुक र प्रभाव छैन। यस्तो लकडाउन नगरे पनि हुन्छ।
(वत्सल मल्ल शिशु निकेतन उच्च मा.वि पोखमा कक्षा ७ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)