सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविताः
ए! कोरोना संसारमा तैंले किन मच्चाइस् आतंक?
सबै देशलाई लकडाउनमा राखिस् नि अनन्त।
बाध्य पारिस् भित्र बस्न के हो तेरो लक्ष्य?
कुनै जीवले लिने छैनन् अब कहिल्यै तेरो पक्ष।
संसारलाई उजाड पारी गर्न खोजिस् के तैंले?
तँ बोल के भुल गर्याैं र आइस् यहाँ अहिले?
न पाइन्छ स्कुल जान, न त खेल्न नै कतै?
तेरै मात्रै कुरा गर्छन् बन्दाबन्दीमा जताततै।
होस्टलमा साथीसँंग पढाइसँगै गफ हुन्थे कति!
तेरै कारण बर्बाद भयो हामी सबको समय जति।
सोचेर होला राज गर्न धेरै नै मानिस मारेको?
तँ जस्तासँग तर हामीले छैन कहिल्यै हारेको।
उजाड पारी संसारलाई केही पाउने छैनस्!
जे गरे नि हामीमाथि तैंले जित्ने हैनस्।
आफ्नो आतंक बोकेर संसारबाट भाग् कोरोना!
नत्र हार्दैछस् मानवजातिसँग धुरूधुरू नरो न।
बुढानिलकण्ठ स्कुल नारायणस्थान, काठमाडौंमा कक्षा ६ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)