सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
किन खोज्छौं सुख युवा तिमी अरूको देशमा पाइला टेकी
किन विदेशिन चाहन्छौ तिमी आफ्नो देशलाई एक्लो पारी
नेपाल आमालाई धर्धरी रूवाई किन तिमी हासिँरहेछौ
आफैंलाई गरिब बनाई किन संसारलाई धनी बनाइरहेछौ?
देशको शान हौ युवा तिमी पराई किन भइरहेछौ
देशलाई बाँझो छोडेर किन त्यो सिप अन्तै दिइरहेछौ?
देशकै लागि हाँसेर मर्ने गोर्खालीको छोरा हौ तिमी
प्रगती मार्गमा डोर्याउने देशको एउटा आशा हौ तिमी
आऊ न युवा नेपाल फर्क आफ्नै देशमा पौरख गर
सिकेका सबै सिप र श्रम आफ्नै देशको माटोमा भर
आफ्नो यो प्यारो देशलाई तिमी संसार सामु चिनाइदेऊ
मिहिनेत अनि परीश्रम गरी यो देशलाई अमर बनाइदेऊ
(समृद्धि पौडेल, एसियन पब्लिक स्कुल अनामनगर, काठमाडौंमा कक्षा १० मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)