सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
सबै भन्छन् संसारभरी कोरोना कहर
मलाई भने लाग्छ साथी पढ्ने नै रहर
रहर त छ हजुर स्कुल छिट्टै जाने
कतिपय स्कुलले त अनलाइन कक्षा छाने
मलाई पनि रहर छ है गुरूआमा भेट्ने
आफ्नो मनको जिज्ञासाहरू स्कुलमा गई मेट्ने
दिनदिनै बढी रहेछ कोरोनाको पीडा
हाम्रा स्कुल कति महिना हुने होलान् बिदा
ठीक छ साथी घरमै पनि केही कुरा पढौं
कोरोनाको रोकथाम गर्न अब अघि बढौं
घरमा बसौं नियमको पालना नि गरौं
कोही मान्छे नजिक आउलान्, अलि टाढा सरौं
हात पनि धुने हो, स्यानिटाइजर लाउने
जानी जानी हामीले साथी, किन दुःख पाउने
औषधी नै छैन भन्छन् कोरोना को यहाँ
हामी यता ठीक छौं अझै, के छ साथी त्यहाँ
(अनुराग बन्जाडे डेजी ईंग्लिश बोर्डिङ स्कुल पर्सा, चितवनमा कक्षा ४ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)