सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
धैरै भयो नगएको
मेरो प्यारो स्कुल
कति खाने, कति खेल्ने?
भयो साह्रै मुस्किल।
साथीभासँग पनि
छैन भेटघाट
डाँडाकाँडा, खेतबारी
हेर्छु झ्यालबाट।
धेरै भयो नखेलेको
मैदानमा दौडेर
जाउँकी जस्तो लाग्छ स्कुल
बादलमा पौडेर।
कोरानाको कारणले
बस्छु घरै भित्र
यसले त बिगार्यो है
संसारकै चित्र।
धेरै भयो नभेटेको
गुरू, गुरूआमा
गृहकार्य आउन थाल्यो
कम्प्युटरैमा।
(यथार्थ लामिछाने गण्डकी बोर्डिङ स्कुल, पोखरामा कक्षा ४ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)