सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
नमस्कार मेरो नाम बिनिषा न्यौपाने हो। म ११ वर्षकी भएँ। म अनकुरम एकेडेमी, भरतपुर चितवनमा कक्षा ६ मा पढिरहेकी छु।
यो कोरोना भन्ने रोग कस्तो रहेछ? अहिले संसारभर नै कोरोनाको त्रास फैलिरहेको छ। कोरोना भाइरस चीनको वुहान प्रान्तबाट सुरू भएको हो। याे भाइरसबाट बच्न संसारभरिका धेरै देशले लकडाउन गरेका छन्।
काेराेनाले गरिब देशका बालबालिकालाई धेरै असर गरेकॊ छ। किनकी उनीहरूले पढ्न र राम्रोसँग खान पनि पाएका छैनन्। देशको आर्थिक अवस्था मजबुत नहुँदा भोकमरी लाग्ने हो कि भन्ने अवस्था सिर्जना हुँदैछ। कोरोनाले गर्दा मानिसको दैनिक जीवनमा असर परेको छ। पसलहरू बन्द नै छन्। हाटबजार र साना सामान बेच्ने मानिसलाई त झन् गाह्रो बनाएको छ।
मलाई यो लकडाउन आमाबुवाले तरकारी लगाउन, फूल गोड्न सिकाइरहनु भएको छ। मैले फूलहरूलाई बिहान बेलुका मलजल हाल्ने गरेकी छु। यी फूलहरू कहिले फुल्ने हुन् र हेरम्ला भइसक्यो।
मलाई त कोरोना कहिले सकिन्छ र स्कुल जाम्ला भइसक्यो। स्कुल जान नपाए पनि घरमा बसेर अनलाइन पढ्ने मौका पाएको छु।
कोरोनाको उपचार कसरी हुन्छ भन्ने कुरा वैज्ञानिकहरूले पत्ता लगाउन सकेका छैनन्। तर हामी यो रोगसँग जुध्न सक्नुपर्छ। पिर-चिन्ता नलिने मनलाई शान्त बनाउने, आदि गरेमा हामी यो रोग जित्न सकिन्छ होला।
कोरोना बाट बच्ने उपायहरूः
१) घरमा नै बस्ने, अति आवश्यक परे मात्र बाहिर जाने। मास्क, चस्मा, पन्जाको प्रयोग गर्ने,
२) हात मिलाउन र अंकमाल गर्नुको साटो टाढाबाट नमस्कार गर्ने,
३) भीडभाडमा नजाने
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)