सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविताः
कोरोना आयो, भयो नि पिर मानिस मरेर
केहो खै यस्तो, अचम्म पार्ने कोरोना भनेर।
देशमा सबै बन्द छ यहाँ, चलेन गाडी नि
रोगले गर्दा भएछ, देश सुनसान नि।
डर पो लाग्छ सुनेर, यस्तो रोगले मरेको
कसरी यस्तो कोरोना, हामी भोग्नु परेको।
सन्देश सुन्दा भयो नि, मन डरको सिकार
रोगले गर्दा मर्छन् मान्छे, लाग्छ नि धिक्कार।
खानाका लागि खाना नि, छैन पीडा छ देशमा
के बोल्नु बरै मारिए, मान्छे कोरोना भेषमा।
आयो नि अब कोरोना, यहाँ मरेछन् मानिस
पीडामा सबै रोएछ, मन हेर्छन् मानिस।
देखेको छैन कोरोना, कोही कसैको आँखाले
के भयो यस्तो मरेछन्, मान्छे देखेछन् साराले।
नआउ रोग कोरोना अब, गारो भो अति नै
मरेछ मान्छे रोगले गर्दा, नगर खति नै।
काम नि छैन दाम नि छैन, खान पो पाछैन
कोरोना तिमीले गर्दा कहीँ पनि जान पाछैन।
मरेनि मान्छे कोरोना तिमी आएछौ त्यसैले
के हो नि यस्तो कोरोना रोग निकाल्यो कसले?
जाउन अब विन्ती, सारा मानिस सबको
आएर तिमी भएछ यहाँ पीडा छ सबको।
विन्ती छ नि सुन न तिमी नपार पनौती
कोरोना शान्त भयो नि भने हट्नेछ चुनौती।
नआउ अब फर्केर तिमी, मान्छेको पुकार
जहाँ छौ तिमी जाउन अब मनले स्वीकार।
सुन न तिमी विन्ती हामी मानिस सबको
जाउन अब कोरोना तिमी, बच्छन् बाँचेको।
नआउ अनि फर्केर तिमी सबको चाहना
विन्ती सोची जाउ ल, अब सबको कामना।
(प्रमा पण्डित पशुपति मित्र मावि चावहिल, काठमाडाैंमा कक्षा ६ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)