सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविताः
हे कोरोना भन् त
कति डुल्छस् सडकमा
कति समय बस्ने हो
घरभित्र म
आमासँग उठ्छु म
सोध्छु बाबासँग
कोरोना कहिले
भाग्छ भन्नुहोस् न
सबैलाई सोधे पनि
पाएको छैन उत्तर
हामीलाई थुनी भित्र
कसको बनिस् तँ मित्र
हामीलाई दुःख दिन
किन आइस् तँ?
बरन्डामा बसेर
कति टोलाउँ म?
हे कोरोना पृथ्वीबाट
छिटो जा न तँ
तेरो डरले आत्तिएर
छट्पटिएँ म।
(आमुल अधिकारी लिभरपुल माध्यमिक विद्यालय शंकमुल, काठमाडौंमा कक्षा १ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)