सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
छात्राबास कस्तो हुन्छ भन्ने अनुभव मैले पहिलो पटक बुढानिलकण्ठ स्कुलमा गर्न पाएँ। मैले सोचेभन्दा धेरै नै फरक रहेछ। घर बसेर आमाबुवाको माया पाएर होला, मैले उहाँहरूको महत्व सायद बुझेकै थिइनँ।
होस्टल गएपछि आमाबुवाको महत्व धेरै राम्ररी बुझेँ। होस्टल आफ्नो ठाउँमा रमाइलो पनि छ तर आमाबुवाको कमी मलाई सधैं महशुस हुन्छ।
होस्टलमा हाम्रा गुरूगुरूआमा आमाबुवा जस्तै हुन्छन्। हाम्रा दाइ, दिदी र साथीहरू हाम्रो आफ्नै जस्तै हुन्छन्। घरको जस्तो स्वादिलो खाना भने होस्टलमा हुँदैन। अनि होस्टलमा भएका प्रिय साथीहरू घरमा हुँदैनन्।
घरको यादमा आफू रूँदा साथीहरु नरोऊ भनेर चुप गराउन खोज्छन्। स्कुलमा साथीहरूसँग हाँसेर, खेलेर, पढेर, रोएर र सँगै खाना खाएर छुटै परिवार जस्तै लाग्न थालेको थियाे।
हाम्रो दुःख, सुःखमा साथीहरू हामीसँगै हाम्रो लडाइँ लड्न अगाडि बढ्छन्। जसरी एक वर्ष होस्टलमा बसेर घर जान भनेर रून मन लाग्थ्यो, त्यसरी नै दुई महिना लकडाउनमा घर बसेर स्कुल कहिले जाने होला भनेर रून मन लाग्छ।
त्यो एक वर्षमा होस्टल मेरो घर परिवार जस्तै प्रिय लाग्न थालेको छ। होस्टलका यी तीतामीठा अनुभव एकदमै रमणीय छन्।
धन्यवाद।
(मिसिका जयसवाल बुढानिलकण्ठ स्कुलमा कक्षा ६ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)