सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविताः
दुःख दियो कोरोनाले आज संसारलाई
डर लाज कत्ति पनि छैन यसलाई
हेर्दा हेर्दै कति मरे हजुर हामी माझ
आफ्नैसँग भाग्नु पर्ने दिन आयो आज।
औषधि नै छैन् रहेछ संसारमा सारा
सुन्दर सृष्टि उजाड पार्ने देखिँदैछ पारा
रोगीहरू सबैजना डाक्टरको सहारा
डाक्टरको नि प्राण लिने कस्तो ज्यानमारा।
ईश्वरले मानिसलाई दिए कि सजाय
हैन हैन त्यसो गरी उनले के पाए?
कति कति आँखाबाट सपनालाई खोसी
कोरोना हो ठूलो पापी कोरोना नै दोषी।
त्रासमा पनि आश मार्नु हुन्न रत्तिभर
एक दिन त सुन्दर होला फेरि यो संसार...
(रोनीया थापा मगर सैनिक आवासीय महाविद्यालय चितवन कक्षा ८ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)