सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
नमस्कार! म जस्मिन बजगाईं। म अपी स्कुलमा पढ्छु। चीनबाट सुरू भएको कोरोना भाइरसले गर्दा हाम्रो परीक्षा छिट्टै भएको थियो। त्यस बेला म धेरै बिदा हुन्छ भनेर असाध्यै खुसी थिएँ।
ममीले मलाई घुमाउन लग्ने भन्नुभएको थियो तर लकडाउनका कारण हामी जान पाएनौं। म धेरै दुःखी थिएँ तर सुरक्षित रहन हामी घरमै बस्नुपर्छ।
म घरको भाइबहिनीसँग धेरै खेल खेल्छु। हामी धेरैजसो क्यारमबोर्ड खेल्छौं। कहिलेकाहीँ ममी र सानो ममी पनि हामीसँग खेल्नुहुन्छ। म भाइबहिनीसँग टिभी पनि हेर्छु। हाम्रो एकदमै मन पर्ने शो ‘तारक मेहताका उल्टा चस्मा’ हो। हामी कहिलेकाहीँ ल्यापटपमा फिल्म पनि हेर्छौं।
मलाई किताबहरू पढ्न पनि एकदमै मन पर्छ। मैले यो बिदामा धेरै किताबहरू पढिसके। हिजोआज त मैले अनलाइन बुकहरू पनि डाउनलोड गरेकी छु।
हाम्रो स्कुलले आजकाल अनलाइन कक्षा सुरू गरेको छ। बिहान ११ बजेदेखि कक्षा हुन्छ। पहिला त हाम्रो तीनवटा कक्षा हुन्थ्थो। हिजोआज दिनमा चारवटा कक्षा हुन्छ। म साथीहरूसँग भिडिओ च्याटमा कुरा गर्छु।
मेरो ममी नर्स हुनुभएकाले उहाँ धेरैजसो हस्पिटल जानुहुन्छ। तर हिजोआज काम अलि थोरै भएकाले कहिलेकाहीँ बिदा पनि पाउनुहुन्छ।
हामी घरमा बसेर धेरै परिकारहरू बनाउँछौं। कहिले त केक पनि घरमै बनाउछाैं। वैशाख २६ गते मेरो जन्मदिन थियो, त्यसदिन हामीले घरमै मःम र केक बनाएका थियौं। त्यस दिन धेरै रमाइलो भयो।
लकडाउनमा घर बस्दाबस्दा कसैलाई अल्छी लाग्न सक्छ। लकडाउन त हाम्रो लागि राम्रो काम गर्ने, रमाइलो गर्ने र परिवारसँग समय बिताउने राम्रो र ठूलो अवसर पनि हो।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)