सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविताः
दुइटा बेलुन मलाई
ल्याइदिनु भो बाबाले
घैँटो जत्रो बनाई
भरिदिएँ हावाले।
मथि माथि उडाउँदै
उफ्रीउफ्री खेलेँ म
मोटु पत्लु लेखेको
रातो रातो बेलुन।
एउटा बेलुन एक्कासि
बमजस्तै पड्कियो
सानो टुक्रा निस्केर
आँखातिर फड्कियो।
केको आवाज हो भनी
सबैजना आउनु भो
बेलुन पो रैछ भनी
सम्झाएर जानु भो।
धेरै बेर फुकेर
बेलुन मेरा फुटे है
खेल्ने मात्र होइन म
पढाइमा जुटेँ है।
(सोनुश्री पौडेल सिर्जनशील स्कुल, बबरमहलमा कक्षा १ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)