सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविताः
के गर्नु साथी घरमै बस्नू नजानू बाहिर
न खेल्न पाइन्छ न डुल्न पाइन्छ कोरोना कहर।
कोरोना भाइरस मानसिक त्रास, जटिल बाँच्नलाई
वैज्ञानिक सारा खट्छन् है पूरा औषधि खोज्नलाई।
मानवलाई घरमा थुनी आफूचाहिँ डुलिरहन्छ
विश्वलाई ध्वस्त पार्ने पो हो कि, यो मन डराउँछ।
विचरा गरिब गाँस नि छैन ज्यान छ जोखिममा
सरकार भन्छ राहत बाँड्छौं, सबै छन् अन्योलमा।
भारत सरकार मौकामा चौका सीमाना लुट्दैछ
बढ्दो छ सङ्कट तर नि नेता पैसामै झुम्मिन्छ।
गोर्खाली हामी चाहन्छाैं शान्ति बुद्धका बन्धु हाैं
आवश्यक परे देशलाई हामी ज्यान दिन तयार छौं।
(दिग्दर्शन पोख्रेल बुढानीलकण्ठ स्कुल, नारायणस्थान काठमाडौँमा कक्षा नौमा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)