सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविताः
कोरोनाले गर्यो सबै विश्व साफ
त्यसलाई गर्दैन कसैले माफ
कोरोनाले गराउँछ विनाशकारी रोग
चाइनाबाट सर्दै अब सबै विश्व भोग
सरकारले गरेको लकडाउन अपनाऊँ
कोरोना अगाडि कहिल्यै नजाउँ
हिड्नको लागि अब नगर कर
हात मिलाउनको सट्टा नमस्ते गर
सबै विश्वले कोरोना सह्य
कोरोनाले कतिको ज्यान लग्यो
कोरोनाको छैन कुनै पनि दबाई
लकडाउनको लागि नभनौं नाइँ
सबै विश्व घुमेर कोरोना आयो
सबैलाई त्यसदेखि डर लायो
सानाठूला देश सबैमा एकैनाश
धेरै जनताको गर्यो नि विनास
जहाँ छौ तिमी त्यही बस्ने गर
एक ठाउँबाट अर्को ठाउँ नसर
अरूलाई पनि बचाउ आफू पनि बाँच
घरमै बसेर सकारात्मक सोच
(कल्याण गौतम सौरदीप बोर्डिंग स्कुल बनस्थली, काठमाडाैंमा कक्षा ५ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)