सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविताः
रात राम्रो जूनले
तिहुन मिठाे नुनले
मान्छे राम्रो गुणले
फूल मिठाे रसले
रूख राम्रो पातले
चरी राम्रो बोलीले
आकाश राम्रो बादलले
वन राम्रो रूखले
नेपाल राम्रो हिमालले
विद्यार्थी राम्रो अनुशासनले
सागर राम्रो माछाले
पारिवार राम्रो मायाले
विश्व राम्रो संस्कृतिले।
(आयुशमान गुमानजु नवजिवन मोनटेसरी स्कुल लामाचौर, पोखरामा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)