सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
चीनबाट सुरू भयो कोरोनाको कहर
कोरोनाले ध्वस्त पार्यो धेरै मान्छेको रहर
कोरोनाले भेदभाव गर्दैन गाउँ या सहर
योबाट बच्ने सुरक्षित ठाउँ आफ्नै घर।
घर बसौं बाहिर नजाऊँ, धुनुपर्छ हात
सचेत बनौं आफैं नत्र दिन सक्छ मात
गरिसक्यो संसारभरी धेरै मान्छेको नास
घर परिवारसँग बसौं रमाई खुसीका साथ।
बाहिर जानै परे मास्क लाएर जाने गरौं
छिनछिनमा पानी तताएर खाने बानी गरौं
घरमा बसौं बाआमाले भनेको मान्ने गरौं
खाली समयमा नाच्ने गाउने रमाउने गरौं।
कथा कविता गीत लेख्ने गरौं खाली हुँदा
रोग लाग्न सक्छ जसलाई पनि सचेत नहुँदा
कोरोना त छिट्टो जा गाह्रो भो त हुँदा विश्वमा
खाली भए विधार्थी हामी धेरै नै स्कुल नहुँदा।
नडराई सचेत भई सबै जना घरमै बस्ने गरौं
सबैजना एक भई साथमा साथ दिएर बसौं।
(आदित्य रेग्मी श्री पञ्चकन्या मा.वि बेलकोटगढी न. पा ११, नुवाकोटमा कक्षा ९ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)