सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम कृतिका यादव हो। अहिले म कक्षा ७ मा पुगेँ। मेरो घर महोत्तरी जिल्लाको पिपरा- १ एकरहियामा पर्छ। म महेन्द्रनगर धनुषास्थित मामाघरमा बसिरहेकी छु।
कोरोना भाइरसका कारण हामी सबै घरमै बस्नु परेको छ। स्कुल जान सकेको छैन। केही दिनदेखि म अनलाइन कक्षा लिइरहेकी छु। त्यसबाहेक विभिन्न काम गरेर दिन बिताउने गरेकी छु। पढाइबाहेक मलाई रूचि लागेको विषय भनेको चित्र बनाउन हो। आमाबुवाले पनि चित्र कोर्न प्रोत्साहित गर्नु हुन्छ। लकडाउनमा मैले कोरेका केही चित्र हेर्नुस् है।
अहिले टिकटक बनाउने चलन रहेकाले केही टिकटक भिडिओ पनि बनाएर सेयर गरेकी छु। बाँकी समयमा म घर पछाडिको बगैंचा घुम्न जान्छु। मेरो बगैंचामा विभिन्न किसिमका फलफूल (जस्तो, लिची, आँप, अम्बा, केरा, कटहर) का बोटविरूवा छन्। अहिले लिची, आँप, कटहर फलेको हुनाले बगैंचामा घुम्न साह्रै रमाइलो हुन्छ। अहिले लिची पाकेको हुनाले बोटबाटै टिपेर खान पाएकाले असाध्यै खुसी लागेको छ।
लकडाउनमा म अरू धेरै काम सिकिरहेकी छु। म किचनमा आमालाई मद्दत गर्छु। अहिले त रोटी पकाउनसमेत सिकिसकेँ। गत साल मेरो हजुरआमाको मुटु शल्यक्रिया भयो। उहाँले दिनभरमा १२ वटा विभिन्न किसिमको औषधी खानु पर्छ। सबै औषधी समयमै उहाँलाई खुवाउने मेरो नै जिम्मेवारी हो। बुवा देश बाहिर हुनुहुन्छ। बिहान-बेलुका उहाँसँग भिडिओ च्याट गर्छु। कहिलेकाहीँ आफ्नो साथीसँग पनि कुरा गर्छु।
कोरोना भाइरस धेरै नै खतरनाक भएकाले हामी सबैले सावधानी अपनाउनु पर्छ। मुख्य कुरा, हामी सबैले एकअर्कासँग टाढा बस्नु पर्छ। मास्क र स्यानिटाइजरको प्रयोग गर्नु पर्छ। पटकपटक हात धुनाले पनि यो रोगबाट बाँच्न सकिन्छ। म सधैं भगवानसँग प्रर्थना गर्छु, यो कोरोनाकाल गइहालोस्।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)