सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
विश्वमा चर्चित नारा छ, बालबालिका भविष्यका कर्णधार हुन्। त्यसैले परिवार, समाज र राष्ट्रले उनिहरूकाे विकासका लागि उचित ध्यान दिनुपर्छ।
बालबालिका हाम्रो देश निर्माता हुन्। उनीहरूकाे मन सफा र इमानदार हुन्छ। उनीहरू काँचाे माटो जस्तै हुन्छन्। जसलाई जस्तो आकार दियो त्यस्तै बन्छन्। इमानदार सफा मन भएका हरेक बालबालिकालाई राम्रो जीवन दिन र कसैले उनीहरूकाे विकासमा राेकावट नल्याओस् भनेर नै बालअधिकारकाे कुरा आएकाे हाे।
नेपालमा १६ वर्ष उमेर नपुगेकाहरूलाई बालबालिकाकाे काेटामा राखिएकाे छ। बालअधिकार एउटा व्यक्तिले १६ वर्षसम्म पाउने अधिकार हाे, जसले उनीहरूकाे विकाश र संरक्षणमा मद्दत गर्छ। नेपाल सरकारले हरेक बालबालिकालाई उनीहरूकाे अधिकार दिने प्रयास गरेको छ। तर के याे अधिकार सबै बालबालिकाले पाएका छन्?
मेरो विचारमा सबै नेपाली बालबालिकाले आफ्नाे अधिकार पाएका छैनन्। काठमाडौंमा बालबालिकाहरू आफ्नाे बाबाआमालाई ल्यापटप, माेबाइल, ट्याब, भिडियो गेम, आदि किन्न लगाइरहेका हुन्छन्। कति गाउँहरूमा अरू बालबालिकालाई कलम र कापी किन्न पनि पैसा पुगेको हुँदैन। बालअधिकारमा बलात्कार विरूद्ध जाने पनि हक छ। तर निर्मला हत्याकाण्डकाे विरूद्ध अहिलेसम्म सरकार जान सकेकाे छैन। न त निर्मलाकाे परिवारलाई केही सहयोग गर्न सकेको छ। आखिर निर्मला पनि त १३ वर्षकी बालिका नै थिइन्।
शिक्षित व्यक्तिहरूले पनि कति बालबालिकालाई उनीहरूकाे अधिकारबाट बञ्चित गरेका छन्। बालअधिकार भित्र त शिक्षा पनि पर्छ। के सबै बालबालिकाले शिक्षा पाएका छन्? मलाई लाग्छ यसको उत्तर छैन। कति गाउँमा विद्यालय छैन। विद्यालय भएको गाउँमा राम्रो शिक्षा छैन या त शिक्षा नै छैन। यो दुवै सुविधा भएको गाउँका बालबालिकाको परिवारसँग उनीहरूलाई पढाउने, किताब कापी किनिदिने क्षमता हुँदैन। हामी शिक्षकहरूले नै पढाउने क्रममा विधार्थीहरूको हातखुट्टा भाँचेको खबर पाएका छौं। आखिर उनीहरू शिक्षक, गुरू हुन् जसले विधार्थीलाई सफलता हासिल गर्न मद्दत गर्छन्। उनीहरूले नै यस्तो गरेपछि हामीले अरूबाट के आशा गर्न सक्छौं?
धेरै बालबालिकाले आफ्नो अधिकार परिवारको आर्थिक अवस्थाको कारण पाएका हुँदैनन्। जस्तैः राम्रो खाने, लगाउने, पढ्ने, आदि। उनीहरू आफ्नै परिवार र परिचित व्यक्तिबाट अपहेलित भएका हुन्छन्। बाल अधिकारमा राम्रो स्वास्थ्य पनि पर्छ। कति बालबालिका परिवारको आर्थिक अवस्थाले उनीहरूलाई मर्ने अवस्थामा छोड्दिन्छन्। सरकारको पनि केही मद्दत हुँदैन।
धेरै बालबालिकाहरू सडकमा माग्न बसेका हुन्छन्। उनीहरूको के दोष थियो र उनीहरूलाई सानैदेखि यस्तो काम गर्नुपर्ने बाध्यता आई लाग्यो? उनीहरूलाई पनि अरू बालबालिका जस्तै मीठो खाना खान, राम्रो लुगा लगाउन मन लाग्छ होला। तर उनीहरूको आर्थिक अवस्थाले फेरि उनीहरूलाई यो सब गर्न रोक्छ। आफ्नै घर परिवारबाट केटी भनेर हेपिएर उनीहरूलाई पढ्न, लेख्नबाट बञ्चित गरिन्छ। कति ठाउँमा अझै बालिकाहरू छाउपडी जस्ता कुराका सिकार भएका छन्। यस्ता कुराले बालबालिकाको हित गर्दैन। खै त कता गयो बालबालिकाको अधिकार?
यदि सरकारले बालबालिकाको शिक्षा, स्वास्थ र विकासमा ध्यान दिने हो भने पछि गएर हाम्रो देशलाई नै फाइदा हुनेछ। बालबालिका माथि विशेष ध्यान दिने हो भने उनीहरूले सफलताको सही र असल बाटो चुन्ने छन्। त्यसैले आफ्नै घरको बालबालिकालाई उनीहरूको अधिकार दिएर उनीहरूको अधिकार दिन सक्दो मद्दत गरौं।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)