सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविताः
हामी मानिसको नै मूख्य गहना हो मानवता
यसैले नै छरिदिन्छ यस संसारमा माया र ममता।
प्रेमले नै छारिदिन्छ विश्वमा सुखशान्ति
यो सम्भव हुन सक्छ मानवता भए हजुरमा यदि।
दिनदुःखीलाई मद्दत गर्ने, कृतज्ञ भई देखाउने इमानदारिता
यसैलाई नै भनिन्छ मानिसमा हुनुपर्ने महान मानवता।
मानवता भएको मानिसलाई माया गर्छन् सबैले
त्यो नै नभए मन पराउँदैनन् उसलाई कसैले।
माया र करूणा भाव राखी सबैको खुसी चाहने
यस्तो भाव राख्ने मान्छेको कोही हुँदैनन् रूवाउने।
चाडपर्वको नाममा लिन्छन् मानिसले अरूको प्राण
के मिल्यो र उसलाई लिएर अरूको ज्यान?
यही मानवताकै अभावले उत्पत्ति भयो कोरोना
यसैले जो ध्वस्त पारिदियो धेरै जनसंख्या भएको चाइना।
अरूलाई दुःख दिएर खुसी हुने मानवता
यस्तो मानवताको छैन हाम्रो जीवनमा केही आवश्यकता।
मानिसको अस्तित्व रहेको छ यही मानवतामा
नबिर्सिनु है सबै प्राणीको पनि हुन्छ हाम्रो जस्तै आत्मा।
मानवता भएर नै मानिस छौं नबिर्सिनु यसलाई
सम्मान गरौं, माया गरौं मानिस, जीवजन्तु सबैलाई।
(सुजाता थापा बुटवल पब्लिक स्कुलमा कक्षा ८ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)