सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
म चैत ८ गते प्लेनबाट एक्लै पोखरा मामाघर आइपुगेँ। मलाई लिन मेरो मामा एयरपोर्ट आउनुभयो। म र मामा स्कुटरमा घर आइपुग्याैं। आमा मलाई कुरेर बस्नुभएको थियो।
पहिला पहिला मलाई दिन कटाउन गार्हो लाग्थ्यो। म आएको दुई दिनपछि लकडाउन भयो। केही दिनपछि म मेरो आन्टीकहाँ पुगेँ। हेर्दा हेर्दै म पोखरा आइपुगेको पनि एक महिना भएको थाहा नै भएन। म मेरो दिन कटाउन दिदीहरूसँग खेल्थेँ। मलाई आमाबुबाले मीठा खाजाहरू पकाएर दिनुहुन्थ्यो। मलाई सहयोग गर्न मेरो बहिनी पनि आएकी थिइन्। बहिनी म आएकाे खबर सुन्ने बितिकै भोलिपल्ट आइपुगेकी थिइन्। हामी खेल्थिम्।
मेरो त अनलाइन कक्षा पनि हुन थाल्यो। मेरो बाबाले मलाई कसरी पढ्ने भनेर सिकाउनुभयो। मैले पढ्न पनि सिकेँ अनलाइनबाट। म केएमसी स्कुलमा कक्षा ६ मा पढ्छु। मेरा शिक्षकहरूले हाम्रो एउटा गुप्र पनि बनाइदिनुभयो। त्यसपछि रूटिन पनि आयो। शिक्षकहरूको जुम मिटिङ आइडी पनि आयो। त्यसपछि मेरो पहिलो कक्षा सुरू भयो। म निकै खुसी थिएँ। लकडाउनको बेलामा पनि सर म्याडमसँग पढ्न पाउँदा म दंग थिएँ। पहिला मैले एउटै कापीमा सबै गृहकार्य गरेँ। पछि बुबाले मलाई ५, ६ वटा कापी किनिदिनुभयो। मैले बिस्तारै सबै बिषयको छुट्टाछुट्टै कापीमा सार्दै गएँ।
अब म लकडाउनमा के-के सिकेँ भन्छु। पहिलो त मैले अनलाइन कक्षा कसरी पढ्ने भनेर सिकेँ। यो निकै नै रोचक लाग्यो। बारीमा गर्ने कामहरू पनि सिकेँ। मलाई मेरो परिवारका सबै जनाले धेरै नौलो कुरा सिकाउनुभयो। मैले नयाँ खानेकुराहरू पनि खाएँ। मेरो आन्टी र हजुरआमाले नयाँ नयाँ खानेकुराहरू बनाउन सिकाउनुभयो। मैले आमाबुबा र बहिनीलाई चिया नास्ता बनाएर पनि दिएँ।
मैले कोठा पनि सफा गर्थेँ। कहिलेकाहीँ कुचो पनि लगाउँथेँ। मैले युट्युबमा सिकेर नयाँ नयाँ खानेकुराहरू पकाएर पनि दिन्छु। मैले भाँडाकुँडा पनि मस्काउँछु। धेरै नयाँ खेलहरू खेल्न पनि सिकेँ। मैले बनाएका चित्रहरू स्कुलको फेसबुक पेजमा प्रकाशित भयो। मैले बारीमा तरकारी फलफूलहरू लगाउन पनि जानेँ। म हाम्रो बारीमा पानी पनि हाल्थेँ। मैले मेरो समय माेबाइल, टेलिभिजन, ल्यापटपमा खेलिने खेल र माेबाइल एप्स हेरेर बर्बाद गर्दिनथेँ। जहिले पनि एकपाना हस्तलेखन गर्छु।
यसै बीच स्कुलकाे अनलाइन हस्तलेखन प्रतियोगितामा कक्षा ६ र ७ बाट दोस्रो भएँ। धेरैजसो समय गृहकार्य गर्दा पढ्दा लेख्दा नै सकिन्थ्यो। म कहिले गीत गाउने र नाच्ने पनि गर्छु। म पत्रिकामा आउने खबर बालकथाहरू पनि पढ्छु। हजुरबुबाले सधैं समाचार हेर्नुहुन्छ। खाली कोरोनाको समाचार मात्र आउँछ। दिनदिनै कोराना संक्रमित मान्छेहरू बढ्दै छन्।
म र मेरो परिवार कोरोना नफैलियोस् भनेर प्रार्थना गर्छाैं। मलाई भगवानहरूको कथा सुन्न र हेर्न एकदम रूचि छ। बाबाममीले मलाई बेलाबेलामा फोन गर्नुहुन्छ। त्यतिबेला टिभीमा महाभारत, रामायण आउँछ भन्नुभयो। म एकदमै खुसी भएँ महाभारत हेरेर। म त आमालाई रोटी पकाउन सहयोग गर्छु। बहिनीलाई पनि गणित विज्ञान विषय सिकाउँछु। उसलाई दिनको एक पेज हस्तलेखन सिकाउँछु।
मैले लकडाउनको अवसरमा धेरै कुरा सिक्न पाएकी छु। अहिलेसम्म त दुई महिना भइसकेको छ। यो कोराना देखेर कहिलेकाहीँ त रिस पनि उठ्छ। बाबाममी र बुनुबाट टाढा भएको पनि दुई महिना भन्दा बढी भइसक्यो। आफ्नो परिवारबाट टाढा हुन गाह्रो हुँदो रहेछ। अब त काठमाडौं जान मन लागिसक्यो। पोखरामा घुम्न पनि पाइएन।
मैले लकडाउनमा खेल्न, खान, पढ्न, रमाइलो गर्न त पाएँ तर परिवारबाट टाढा हुँदा नरमाइलो हुँदो रहेछ।
(सुनिशा श्रेष्ठ केएमसी स्कुल, बुद्बनगरमा कक्षा ६ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)