सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
लकडाउन नभएको भए अहिले म झोला बाेकेर विद्यालय गइरहेको हुन्थेँ। साथीहरूसँग पढाइसँगै रमाइलो गरिरहेको हुन्थेँ होला। तर विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण अन्य देशहरूजस्तै हाम्रो देश पनि लकडाउनमा छ।
लकडाउनका कारण म विद्यालय जान पाएको छैन। लकडाउन पनि छिट्टै खुल्ला जस्तो देखिँदैन। यही लकडाउनको फाइदा उठाउँदै धेरै बालबालिका सामाजिक सञ्जाल प्रयोग गर्ने र विभिन्न गेम खेल्नमा व्यस्त हुँदै आएका छन्। कोही पब्जि वा फ्रिफायर जस्ता खेल खेल्छन् भने कोही सामाजिक सञ्जालमा सबैको लाइक, कमेन्ट र सेयर कमाउनेको घिडघिडोमा रहेका देखिन्छन्। फेसबुक, टिकटक र इन्स्टाग्राम चलाउनेहरूको त प्रतिस्पर्धै चलेको छ।
टिकटक चलाउनेहरूले कम्तिमा आधा घण्टा लगाएर भिडियो बनाउछन् भने एकैचोटी दश-पन्ध्र वटा भिडियो पनि अपलोड गरिरहेका हुन्छन्। जसले गर्दा कति समय जान्छ भनेर अनुमान गर्दा सात आठ घण्टै जान सक्छ। त्यो समय पढाइमा लगाए बालबालिकाहरूले प्रगति गर्न सक्छन्। तर त्यस्तो हुन सकेको देखिँदैन। मेरा साथीहरुले समेत त्यसो गर्दैनन् र उनीहरूको पढाई बिग्रिरहेको छ। साथै, 'डिजिटल एडिक्सन' बढ्न सक्ने खतरा देखिएको छ।
मेरा बहिनीहरूले अहिल्यै फेसबुक र इन्स्टाग्राम चलाउँछन्। आजभोलि अनलाइन कक्षा पनि चलिरहेको छ। अनलाइन कक्षाले बच्चाको स्क्रिन टाइम बढाएको छ। पब्जि र फ्रिफायर जस्ता मोबाइल गेम एकदमै खतरनाक हुन्छन्। यस्तै कारणले हामीजस्ता बालबालिकालाई एडिक्सनको सिकार बनाइरहेको छ। लाइक र सेयर अरूले गरेन्न भने त कोही मानिस डिप्रेसनमा पनि जान्छन् रे। डिजिटल एडिक्सनको बानीले भोलिका दिनमा स्कुल खुलेपछि स्कुल जानुपर्दा समेत यसले असर गर्नसक्ने हुँदा यस्ता कुरालाई ध्यान राखि सीमित समयमा मात्र डिजिटल ग्याजेटहरूको प्रयोग गर्नुपर्छ।
(वत्सल मल्ल शिशु निकेतन उच्च माध्यामिक विद्यालय, पोखरामा कक्षा ७ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)