सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
जीवनमा संघर्ष, अनेकौं छन् बाधा
सडकमा बस्दाबस्दै जीवन कट्छ आधा
मानिसलाई सहनुपर्ने गरिबीको कष्ट
यो देशको गरिबी कहिले होला नस्ट?
देश विकासमा ढिलासुस्ती गरिबीका कारण
विदेशिने बाध्यता नि गरिबीको कारण
आँसु झर्छन् आशा मर्छन् गरिबीकै कारण
भोकै पेट मनमा चोट गरिबीकै कारण
गरिबीको कारण कतै हाम्रो देश नदुखोस्
कसैको आँखाबाट पीडाका थोपाहरू नखसोस्।
(प्रसिद्ध गौतम कक्षा नौमा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)