सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविताः
खुसीको सागर आएको थियो त्यो हाम्रो जीवनमा
केही क्षणमै बगेर गयो आँसुको सागरमा
कोरोना तैंले किन यो खुसी चुँडेर लगिस् नि?
किन हो तैंले अल्पायुमै मलाई मारिस् नि?
सानो त्यो प्यारो शिशु त्यो मेरो चित्कार गर्दो हो
भोकले साह्रै ब्याकुल हुँदा बिलौना गर्दो हो
ती मेरा प्यारा मनका राजा टोलाई बस्दा हुन्
भोकाउँदा शिशु मलाई नै सम्झी धर्धरी रूँदा हुन्!
हे दैव! किन त्यो शिशुलाई टुहुरो बनाइस्?
मलाई खोसी उसलाई किन भोकभोकै रूवाइस्?
ती मेरा प्यारा आमाबुवाको खुसी नै रहेन
उनको हाँसो फर्काउनलाई शरीर नै रहेन
जिन्दगीले नै धोका दिएको अभागी बनेँ म
नचाहँदा नि सबैको खुसी खोसेर गएँ म
खुसीका क्षणमा बगेका आँसु बिर्सेको छैन नि
शरीर छाडी गए नि आत्मा मरेको छैन नि।
नाेटः याे कवितामा 'म' भन्नाले सिन्धुपाल्चोककी कोरोना लागेर बितेकी सुत्केरी महिला हुन्।
(समृद्धि पौडेल, एसियन पब्लिक स्कुल, अनामनगर, काठमाडौंमा कक्षा १० मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
[email protected]