सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
नमस्कार, शुभदिन!
सम्पूर्ण अविभावक तथा प्यारा साथीहरू, म बियोन्स गुरूङ। कोरोना भाइरसबारे आफूले जानेका कुरा लेखेको छु।
आजभोलि एउटा भाइरस संसारभर फैलिएको छ। त्यसको नाम कोरोना (कोभिड १९) हो। यस भाइरसबाट बच्न समयसमयमा हात धुने र घरमै बस्ने भन्छन्। के हामी यस्ताे गरिरहेका छौं?
मलाई यो कोरोना भाइरसले गर्दा धेरै नमज्जा लागिरहेको छ किनभने म कतै जान पाएको छैन। आफन्त, साथीहरू कसैलाई पनि भेट्न पाएको छैन। मलाई बाहिर खेल्न जान मन लाग्छ तर कोरोनाले गर्दा जान डर लाग्छ। त्यसैले टिभीमा गेम खेल्ने गर्छु। एक दिन त थाहा नै नपाई ६ घन्टासम्म पनि खेलेको रहेछु।
अहिले स्कुल जान नपाए पनि अनलाइन कक्षा लिइरहेको छु। अनलाइनबाट पनि धेरै शिक्षा लिन सकिन्छ भन्ने कुरा मैले बल्ल थाहा पाएँ। त्यसैले कोरोना भाइरसले मेरो पढाइ रोक्न सकेको छैन। म अहिले नयाँ स्कुलमा पढ्छु। अनलाइनबाट मैले धेरै साथीहरू बनाइसकेकाे छु। गुरूहरूलाई पनि चिनिसकेको छु।
आजभोलि म र बाबा बेलुका ब्याडमिन्टन खेल्न थालेका छौं। म मेरो गाउँ जान नपाएर साह्रै दुःखी भएको थिएँ। अहिले त्यति दुःखी छैन। मेरो आमाबाबा र स्कुलको गुरूहरूले मलाई खुसी दिनुभएको छ। तसर्थ, म मेरा साथीहरूलाई आग्रह गर्न चाहन्छु कि हामी सबै जहाँ भए पनि खुसी भएर बस्न सिकौं।
यो कोरोना भाइरस चाँडै सकियोस्। धन्यवाद!
(बियोन्स गुरूङ माछापुच्छ्रे स्कुलमा कक्षा ४ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)