सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कथाः
एकादेशमा एउटा ठूलो जंगल थियो। त्यहाँ धेरै चराहरू बस्थे। तिमध्ये एउटा परिवार अलिक अग्लो रूखमा बस्थे। छ जनाको परिवार भएकाले उनीहरूको गुँड पनि ठूलाे थियो। कोठैकोठा थियो। उनीहरू छुट्टाछुट्टै कोठामा बस्थे। सानासाना बचेराहरू एउटामा, आमा र बुबा अर्को अनि र बुढाबुढी अर्कोमा।
आमा र बुबाचाहीँ दिनभरी चारो खोज्न जान्थे। गुँडका सबैलाई चारो ल्याउँथे। अनि, सबै जना एकै ठाउँमा बसेर मिलीजुली खान्थे।
दिन बित्दै गयो। बचराहरू ठूला भए। अब उनीहरू उड्न सक्थे। बाहिर उड्न पाउँदा दंग थिए।
एक दिन उनीहरू आमाबुबासँग उडे। हिजोअस्तिको भन्दा पर पर पुगे। यसरी उड्न सक्दा उनीहरू धेरै खुसी थिए। जाँदाजाँदै उनीहरूले मान्छेहरूलाई देखे र सोधे, 'आमा, बुबा! त्यो तल को हो? हामीहरू त्यहाँ जाँदा हुन्छ कि हुँदैन?'
'हुँदैन, बाबु नानी हो, हुँदैन। त्यहाँ त मान्छेहरू पो बस्छन्। गयो भने हामीलाई कतिपय मान्छेले जालमा पार्छन्। कसैले त मारेर खान्छन् पनि राम्रो हुँदैन,' आमाले भनिन्।
'हो त, खतरा हुन्छ,' बाबुले थपे।
उनीहरूले आमाबाबाको कुरा पत्याएनन्। अर्को दिन कसैलाई नभनी त्यो ठाउँमा जाने भनेर सोचे। र, गए। त्यहाँ गएर उनीहरूले एउटा बुढो र राम्रो सुगा देखे। उनीहरू त्यो सुँगा भएतिर गए र भने, 'हजुर, यहाँ के गरेर बसेको? अनि, यो जालीभित्र के गरेको?'
त्यो सुँगाले भन्यो, 'हेर, बाबुनानी हो, यहाँबाट गइहाल। नभए तिमीहरू पनि मजस्तै फन्दामा परौला। कति राम्रो आफ्नो परिवार छाडेर यसरी एक्लै बस्नुपरेको छ। गइहाल, गइहाल।'
बल्ल उनीहरूले बुझे आमाबुबाले भनेको कुरा।
जे भए पनि आफ्नै दुनियाँ प्यारो भन्दै उनीहरू आफ्नै गुँडतिर उडे।
(अस्मिना नेपाल इलिट ग्राण्ड स्कुल, चुच्चेपाटी काठमाडौंमा कक्षा ७ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)