सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम भुमिका अर्याल हो। लकडाउनको समयमा म बाबाले काम गर्ने ठाउँ गुल्मीमा छु। मेरो पढाइको कारण ममीसँग काठमाडौंमा बस्छु।
लकडाउन सरू हुनु दुई दिन अगाडि म यहाँ आएकी हो। म मेरो ममीसँग काठमाडौंको बुढानिलकण्ठमा डेरामा बस्छु। त्योभन्दा पहिला हामी बानेश्वरमा बस्थ्यौं। मेरो लागि बुढानिलकण्ठ नयाँ ठाउँ हो। लकडाउन अगाडि म शंखमुलमा भएको लिभरपुल स्कुलमा कक्षा दुईमा पढ्थेँ। अब ठाउँ परिवर्तन भएकाले मेरो स्कुल पनि नयाँ हुन्छ।
लकडाउनमा काठमाडौंका धेरै स्कुलले अनलाइनबाट क्लास संचालन गरको भन्ने थाहा पाएकाले मेरो मामाका छोराहरू (दाइ) पढ्ने स्कुल टिआइएमा मैले पनि अनलाइनमार्फत फर्म भरेर बिहान १० बजे देखि २ बजे सम्म कक्षा तीनको अनलाइन क्लास पढिरहेकी छु।
अनलाइन क्लास मेरा लागि एकदम नयाँ कुरा हो। स्कुल गएर पढ्ने बानी लागेकाले मलाई अनलाइन पढ्न नौलो लागेको छ। मेरो नयाँ विद्यालय भएकाले सर मेडम कस्तो हुनुहोला, साथीहरू कस्ता होलान् भन्ने लागेको थियो। तर सबै मिस सर अनि साथीहरू मलाई मन पर्नु भएको छ। अहिले हप्तामा ६ दिन पढाई हन्छ। हामीलाई होमवर्क पनि दिनु हुन्छ। अनलाइनबाटै होमवर्क गरी पठाउँछौ।
लकडाउनले मलाई बाबासँग बस्न समय दिएको छ। बाहिर हिँड्न नपाएर अप्ठ्यारो त भएको छ तर बिरामी हुनबाट बच्न यो नै उपाय हो। साबुनपानीले प्रत्येक दिन २० पटक हात धुने, बिहान योग गर्ने, स्वस्थ खाना तथा तातो पानी खानाले रोग लाग्नबाट बच्न सकिन्छ।
मेरो हजुरबुवा र हजुरआमाले दिनदिनै औषधि खानुपर्छ। लकडाउनमा औषधि सकियो भने के होला भनेर मलाई चिन्ता लाग्छ। त्यसैले, प्रत्येक दिन बिहान फोन गर्छु।
मलाई मेरो स्कुलका सबै साथी र मिस सरहरूलाई देख्न मन लागेको छ। मैले यो रोगको कारण मेरो देशले दुःख नपाओस् भनि भगवानसँग प्रथना गरेकी छु।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)