सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
शिक्षाप्रेमी, समाजसेवी, बाबुआमा दाजुभाइ
स्कुलका गुरूवर्ग सहपाठी साथीसंगी
एउटा आयो खतरा भाइरस
के हुने हो मनमा पिर लाइराछ।
बच्नु छ है सबले भन्छन् यो भाइरस खतरनाक
जथाभावी छुनु हुन्न आफ्नै मुख र नाक।
चीनबाट सुरू भई विश्वभरी फैलियो
कति धेरै जनताको ज्यानै लगिदियो।
छैन भन्छन् अहिलेसम्म भ्याक्सिन पत्ता लागेको
किन होला यो कोरोना संसार भागेको।
भिडभाडमा नजाऔं है कायम गरौं दुरी
जथाभावी हिँड्दा लाग्ने कोरोनाको हुरी।
अपनाऔं है बाहिर जाँदा सबले सावधानी
स्यानिटाइजर मास्क बिना हुन सक्छ हानी।
आफू सचेत बनौं, बनाऔं अरूलाई सचेत
लाग्ने छैन कोरोना घरमै बसे त।
(अस्मित रेग्मी गण्डकी बाेर्डिङ स्कुल, पोखरामा कक्षा ६ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)