सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
नेपाल जस्तो विकासको पहिलो चरणमा रहेको देशमा मानवीय श्रोतको निकै खाँचो छ। नेपालले भने यस्ता जिम्मेवार मानिसको चाहिने संख्यामा उत्पादन गर्न सकेको छैन। त्यसकारण नेपालले यस्ता मानिसहरूको उत्पाद गर्न स-साना बच्चाहरूलाई पहिल्यैदेखि जान्ने र जिम्मेवार बनाउनुपर्छ।
बालबालिकालाई सानैदेखि अनुकूल वातावरणमा हुर्काउन निकै जरूरी छ। 'हुने विरूवाको चिल्लो पात' भनेझैं बालबालिकालाई सानैमा परमर्श गरेर राम्राे काम गर्ने उद्देश्य गराउनु पर्ने अवश्यक देखिन्छ।
अहिलेको युगमा बालबालिकालाई पढाई र लेखाई साथै अतिरिक्त क्रियाकलाप पनि महत्वपूर्ण छ। यसले मनोरञ्जनको साधन भएर उनीहरूको मन पर्ने वातावरणको सिर्जना गर्छ। आमाबुवाको स्नेह र हेरचाहले बालबालिका आफूलाई सुरक्षित ठान्छन् र लगनले काम गर्छन्। आत्मनिर्भताले पनि बालबालिकाको व्यवहारमा सकारात्मक र उचित परिवर्तन ल्याउँछ।
विद्यालयमा पनि बालबालिकालाई सैद्धान्तिक शिक्षाका साथ प्रायोगिक शिक्षा प्रदान गरे उनीहरूको पढाईप्रति इच्छुकता बढ्ने छ। खेलकुदले पनि बालबालिकाको जीवनमा ठूलो भूमिका निर्वाह खेल्छ। यसले बालबालिकालाई शारीरिक रूपमा तन्दुरूस्त र मानसिक रूपमा चुस्त राख्छ। साथै, बालबालिकालाई राम्रो दिक्षा र संस्कार दिएर उनीहरूको समाजप्रति आकर्षण बढ्छ। जसकारण समाजमा योगदान पुर्याउने छन्। यस लगायत अरू धेरै तथ्यले बालबालिकाको अनुकूल वातावरणको सिर्जनामा ठूलो भूमिका निर्वाह गर्छ।
बालबालिका अहिले सानै छन् तर पछि गएर यिनले नै देश विकासको जिम्मेवारी आफ्नो काँधमा बोक्नु पर्छ। अहिले त यिनी देशको भलाई गर्ने भएका छैनन् तर भविष्यमा देशलाई यिनीहरूले नै सफलता सिँढी चढाउँछन्। देशको भविष्य बालबालिका कै हातमा छ जसकारण बालबालिका नै देशका निर्माता हुन्। यही बालबालिका ठूला भएर कोही डाक्टर त कोही इन्जिनियर भएर देशलाई संसारभर प्रचलित गराउँछन् र विकसित बनाउँछन्।
बालबालिकामा नै देशको भविष्य निर्भर हुन्छ। त्यसकारण हरेक देशले अब्बल र जिम्मेवार बालबालिकाको उत्पादन गर्नुपर्छ। बालबालिकाले नै देशलाई प्रगति र समृद्धिको बाटो तर्फ डोर्याउनु पर्छ।
निष्कर्ष स्वरूप सबै देशले सबै बालबालिकाको लागि अनुकुल वातावरण सिर्जना गरिदिनुपर्छ। उनीहरूलाई जिम्मेवार र अब्बल बनाउनुपर्छ किनभने बालबालिका नै देशको भविष्य हुन्। त्यसकारण बालबालिका नै देशका निर्माता हुन्।
(राेशन पनेरू बुढानिलकण्ठ स्कुलमा कक्षा ९ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)