सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
आमा तिमी कति गर्छौ मलाई माया
हट्दिनौं तिमी कहिले पनि बनेर मेरो छाया
दश रूपैंयाको अगरबत्ती बाल्दैमा कुनै धर्म हुँदैन
आफ्नी आमालाई सम्मान र माया दिनु जस्तो कुनै धर्म हुँदैन।
माया गर्छु म तिमीलाई मेरो दिल खोली
छेकिदिन्छु तिमी माथी आएको विपत्तमा छाती खोली
मनमा चोट पस्न दिदिँन तिमीलाई कहिले पनि
बाचा गर्छु खुसी राख्ने तिमीलाई जहिले पनि।
नौ महिना कोखमा राखेर जन्म दियौ मलाई
व्यर्थ हुन दिने छैन कहिले पनि तिमीलाई
तिम्रो हरेक आँसुको थोपा पलपल गन्छु
तिम्रै लागि भए पनि भविष्यमा असल मानिस बन्छु।
परालकै ओछ्यानमा सुतेर भए पनि
तिमीलाई खुसी राख्नेछु जहिले पनि
गर्यौ तिमीले मेरा लागि धेरै दु:ख
अब पालो तिम्रो आयो बाच्ने सुखै सुख।
(निसान परियार श्री जानकी मा.वि लालवन्दी सर्लाहीमा कक्षा १० मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)