सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम अनुदित गुरूङ हो। म १० वर्षको भए। ललितपुरमा बस्छु।
अहिले हामी सबैजना लकडाउनले गर्दा घरमा बन्द छौं। हामी मात्र नभएर संसारभरमा लकडाउनले गर्दा घरमा बस्ने काम भइरहेको छ।
यो समयमा हामीले घरबाहिर जानु हुँदैन किनभने यो एउटा महामारी रोग हो। यसको हालसम्म कुनै औषधि छैन। मलाई घरमा भन्दा स्कुलमा साथी भाइहरूसँग खेल्न, पढ्न मन लाग्छ। म चार कक्षाबाट पास भएर ५ कक्षा गए पनि आफ्नो कक्षामा जान पाएको छैन। घरबाट जुम क्लासमा पढ्छु।
घर बस्दा मैले धेरै कुराहरू सिकेको छु। जस्तै: चिया बनाउन अम्लेट बनाउन, आफूले खाएको भाँडा कहिलेकाहीँ अरू भाडा धुन, मेरो सानो सानो लुगा धुने काम गर्छु।
छिमेकमा दुइजना साथीहरू छन्। उनीहरूसँग म मास्क लगाएर साइकल, ब्याडमिन्टन खेल्न जान्छु। कोरोना भाइरस लाग्न नदिन घरभित्र बस्ने भिडभाडमा जानु हुँदैन। लकडाउनमा मलाई घरमा बसिरहन मन परेको छैन। स्कुल जान मन लागेको छ।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)