सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
गजल:
राम्रो काम गर्न सकिनँ आमा
जन्मिए छोरा म किन आमा
अरूका छोरा डाक्टर र सुब्बा
तर म असल बनिनँ आमा
मिहेनत मैले गरेकै थिएँ
दुःख र कष्ट भनिनँ आमा
पाइनौ तिम्ले चाडपर्वमा नि
खानालाई मिठो मसिना आमा
न आयो सुख गरेर दुःख
चुहिने सधैं पसिना आमा
भगवान पनि निष्ठुरी किन
दुखीलाई दुःख छ किन आमा
(विनोद अधिकारी आदर्श माध्यमिक विधालय, भरतपुर चितवनमा कक्षा १० मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)