सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविताः
नफुटोस् हाम्रो देश नफुटौं दाजुभाइ
कानुन बनाउँ जनताका हितमा बचाई देशलाई।
नेपाली शिर झुकेन कहिलै झुकाउने छैन
देशकै लागि ज्यान दिनसक्छु कायर म होइन।
नलड अब हड्डीमा कुकुर रातदिन लडे झैं
हातेमालो गर्दै अगाडि बढौं अरू देश बढे झैं।
म खेल्ने हिँड्ने त्यो डाँडा पखा पहरा
मनमा नेपाल, रगतरगतमा बग्छ छहरा।
सनो छँदा ढिँडो दिने आमाबाबु छाडेर
गयाै तिमी पैसाको लोभमा अष्ट्रेलिया भनेर।
आँखाभरी आँशु छन् हाम्रो मातृभूमिमा
फर्की आउ यहाँ तिमी तिम्रो मातृभूमिमा।
आउ हामी सबै भई सिँगारौं देशलाई
नेपाली भाषा, संस्कृती बचाउँ भेषलाई।
सबै जात हामी मिली बचाउनतर्फ लागौं देशलाई
एक टुक्रा जमिन छोडनु हुन्न छिमेकी मुलुकलाई।
चिनाउनु विश्वसामु हामी हाम्रो देशभक्ति
जुटाैं हामी राष्ट्रप्रेमी देखाउन हाम्रो शक्ति।
सबै दल मिली नेपाललाई बचाउन खोजे त
सह्याैं हिजो, हेपिइयो हिजो, हेपिइन्न अब त।
(सन्तोष पराजुली के.एम.सि स्कुलमा कक्षा ९ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)